टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

काठमाडौं। टप एन्ड टी–२० क्रिकेट शृङ्खलाका बाँकी सबै खेलमा दर्शकका लागि प्रवेश निःशुल्क हुने भएको छ। आयोजकका अनुसार भोलि हुने फाइनल खेलमा समेत कुनै प्रवेश शुल्क लाग्ने छैन।
दर्शकहरूले मैदान प्रवेश गर्ने क्रममा स्वेच्छिक रूपमा सहयोग रकम प्रदान गर्न सक्नेछन्। संकलित रकम नेपाली बाढीपीडितमा प्रयोग गरिने आयोजकले जनाएको छ।
यसैबीच, आज हुने नेपाल र भिक्टोरियाबीचको खेलका क्रममा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूले हस्ताक्षर गरेको क्रिकेट ब्याट चिठ्ठामार्फत प्रदान गरिने भएको छ। थप रकम संकलन गर्ने उद्देश्यले उक्त ब्याट चिठ्ठामा राखिएको हो।
चिठ्ठा तथा दर्शकबाट संकलन हुने सम्पूर्ण रकम युनिसेफ अस्ट्रेलियाको अभियानमार्फत नेपालका बालबालिकालाई जीवनरक्षक स्वास्थ्य सेवा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन सहयोग गरिनेछ।
आयोजकले खेल हेर्न आउने दर्शकलाई निःशुल्क प्रवेशसँगै परोपकारी अभियानमा समेत आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गरेको छ।













-1787965926851.webp&w=3840&q=75)