शनिबार, १३ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सानदार सिटी

शनिबार, १३ भाद्र २०८३खेलपाटी संवाददाता
सानदार सिटी
Loading ad...
mustang rice ad

काठमाडौं। म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आफ्नो उत्कृष्ट सुरुआतलाई निरन्तरता दिँदै क्रिस्टल प्यालेसमाथि ४–१ को सानदार जित हात पारेको छ। शुक्रबार भएको खेलमा रियान चेरकी र एर्लिङ हालान्डले दुई–दुई गोल गरेपछि सिटीले लगातार दोस्रो जित दर्ता गरेको हो।

दुई खेलबाट ६ अंक जोडेको सिटी प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ। उता, क्रिस्टल प्यालेस भने लगातार दोस्रो खेलमा पराजित हुँदै अंकविहीन छ। प्यालेसका मिडफिल्डर एडम ह्वार्टनले नयाँ प्रशिक्षक पियरे साजको रणनीतिमा टोली अभ्यस्त हुन अझै केही समय लाग्ने बताए।

‘हामीसँग खेलका केही राम्रा मौका थिए, तर हामीले उनीहरूको गोलकिपरलाई पर्याप्त परीक्षण गर्न सकेनौं। यो निराशाजनक नतिजा हो,’ उनले बताए।

खेलको १७औं मिनेटमा हालान्डले उत्कृष्ट हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। प्रिमियर लिगका गत सिजनका सर्वाधिक गोलकर्ता हालान्डका लागि यो यस सिजनको पहिलो गोल थियो।

दोस्रो हाफ सुरु भएको केही समयमै चेरकीले सिटीको अग्रता दोब्बर बनाए। उनले विपक्षी खेलाडीहरूको भीडबीचबाट उत्कृष्ट रूपमा अघि बढ्दै नजिकैबाट बललाई जाली चुमाए।

तर, त्यसको केही समयमै क्रिस्टल प्यालेस खेलमा फर्कने संकेत देखायो। येरेमी पिनोको उत्कृष्ट फ्रिकिक गोलपोस्टमा लागेर फर्किएपनि सिटीका गोलकिपर जियानलुइगी डोनारुम्माको शरीरमा ठोक्किँदै गोलमा परिणत भयो।

प्यालेसको गोलपछि सिटीलाई दबाबमा पार्ने सम्भावना देखिए पनि चेरकीले त्यसको दुई मिनेटमै अर्को गोल गर्दै टोलीको अग्रता पुनः दुई गोलमा पुर्‍याए। बक्सबाहिरबाट उनले प्रहार गरेको बल विपक्षी खेलाडीलाई लागेर दिशा परिवर्तन भएपछि गोलकिपर डिन हेन्डरसनलाई रोक्न कठिन भयो।

यो चेरकीको प्रिमियर लिग करिअरकै पहिलो दुई गोल गर्ने खेल थियो। यद्यपि, उनले आफ्नो प्रदर्शनलाई भने ठीकठाक मात्र भएको बताए। चेरकीका अनुसार उनलाई प्रशिक्षकले मैदानबाट बाहिर निकाल्न लागेको महसुस भएपछि आफूलाई प्रमाणित गर्न अझ आक्रामक रूपमा खेल्ने निर्णय गरेका थिए।

‘जब मैले एन्जो मारेस्काले मलाई परिवर्तन गर्न खोजेको देखें, मलाई त्यो मन परेन। त्यसैले मैले खेल्न र गोल गर्न चाहन्छु भनेर देखाउनुपर्ने भयो,’ चेरकीले भने।

उनले पूर्वप्रशिक्षक पेप ग्वार्डिओलासँग सिटीको लामो इतिहास रहेको उल्लेख गर्दै नयाँ प्रशिक्षकसँग नयाँ अध्याय सुरु भएको बताए। ‘पेप ग्वार्डिओलासँग हाम्रो ठूलो इतिहास थियो। अब हामीले अर्को कथा सुरु गरेका छौं। हामीले हरेक हप्ता आफूलाई प्रमाणित गर्नुपर्छ र हामी त्यसैका लागि यहाँ छौं,’ उनले भने।

खेल सकिन ६ मिनेट बाँकी रहँदा हालान्डले बायाँ खुट्टाले उत्कृष्ट प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल गरे। यससँगै सिटीले ४–१ को जित सुनिश्चित गर्‍यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

चेल्सी लिग कपको तेस्रो चरणमा

चेल्सी लिग कपको तेस्रो चरणमा

Loading ad...
xTreme Energy Drink
सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सानदार सिटी

सानदार सिटी

रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा

रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा

 रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

रवीन्द्रको अग्निपरीक्षा

रवीन्द्रको अग्निपरीक्षा

चेल्सी लिग कपको तेस्रो चरणमा

चेल्सी लिग कपको तेस्रो चरणमा