रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान रोहितकुमार पौडेलको ‘१७ बिन्स क्याफे’ले आजको दिनभरको सम्पूर्ण बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने भएको छ।
भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि क्याफेले यो मानवीय पहल गरेको हो। ‘सानो सहयोग, कसैका लागि ठूलो आशा,’ क्याफेले सामाजिक सञ्जालमा भनेको छ।
बाढी प्रभावितको सहयोगमा गरिएको यस अभियानमा सहभागी भई साथ दिन पनि क्याफेले सबैलाई आग्रह गरेको छ। भोटेकोशी नदिमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म ४८९ जनाको शव फेला गरेको छ।
तीमध्ये रसुवामा १३, धादिङमा ४०, गोरखामा ४४, नुवाकोटमा ३७, चितवनमा १८६, तनहुँमा २९, नवलपरासी पूर्वमा ११२ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हो।
अहिलेसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ। तीमध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट ३ जना रहेका छन्। यस्तै, काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत ८७ जनाको डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।





-1787661904658.jpeg&w=3840&q=75)








