डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

काठमाडौं। पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स ई–स्पोर्ट्सले जितेको छ।
ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न प्रतियोगितामा उपाधिसँगै विजेता टोलीले ४ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को स्वीकृत कार्यक्रमअन्तर्गत देशभरबाट छनोट भएका १६ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। विजेता टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिमविक्रम केसीले पुरस्कार तथा ट्रफी हस्तान्तरण गरे।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १२ टोली ‘रोड टु पीएमजीओ’ अन्तर्गतको अर्को चरणमा प्रवेश गरेका छन्। उक्त चरणमार्फत नेपाली टोलीलाई अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त हुनेछ।
नेपालमा ई–स्पोर्ट्सलाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको ईशानका सचिव आशिष दाहालले जानकारी दिए।







-1787414009919.jpeg&w=3840&q=75)




-1787446454488.webp&w=3840&q=75)