१४औं साग चैतमा

काठमाडौं। पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४ औं दक्षिण एसियाली खेलकुद (साग) २०८३ साल चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।
बैठकले पाकिस्तानमा हुने १४ औं सागमा विभिन्न २८ खेल समावेश गर्ने निर्णय पनि गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तर्फबाट बैठकमा सहभागी राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले जनाएकी छन्।
समावेश गरिने खेलमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल (३ एक्स ३/५ एक्स ५), बिलियर्ड एन्ड स्नुकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल (बिचसहित), हक्की, जुडो, कबड्डी, कराते, रोविङ, रग्बी सेभेन्स, सुटिङ, स्क्वास, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल (बिचसहित), भारोत्तोलन, कुस्ती र उसु रहेका छन्। सागको १३ औं संस्करण नेपालमा सन् २०१९ को डिसेम्बरमा भएको थियो।





-1787414009919.jpeg&w=3840&q=75)

-1787319995169.jpeg&w=3840&q=75)



-1787446454488.webp&w=3840&q=75)

-1787406623559.webp&w=3840&q=75)