एनभीएलको ट्रफी सार्वजनिक
काठमाडौं। एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी सार्वजनिक गरिएको छ।
नेपालमै पहिलोपटक हुन लागेको पुरुष फ्रेन्चाइज लिग एनभीएलको ट्रफी ऐतिहासिक पाटन दरबार स्क्वायरमा आइतबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पहिलोपटक सार्वजनिक गरेका हुन्।
सोही दिन ट्रफीलाई परिक्रमा गराइ दुई ऐतिहासिक स्थलमा पनि ट्रफी सार्वजनिक गरिएको थियो। भक्तपुर दरबार स्क्वायर र बसन्तपुर दरबार स्क्वायरमा पनि ट्रफी सार्वजनिक गरिएको हो।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्न लागेको एनभीएलको ट्रफीको सम्पूर्ण अवधारणा र डिजाइन एनभीएलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायको रहेको छ भने प्रसिद्ध मूर्तिकार रवि शाक्य (टम एन्ड जेरी) ले ट्रफी निर्माण गरेका हुन्।
एनभीएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।












-1787446454488.webp&w=3840&q=75)

-1787414009919.jpeg&w=3840&q=75)
-1787406623559.webp&w=3840&q=75)