नेपालले पिकलबल विश्वकप खेल्ने
मंगलबार, ०९ भाद्र २०८३खेलपाटी संवाददाता
-1787661904658.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालले पिकलबल विश्वकपको तेस्रो संस्करण खेल्ने भएको छ।
पहिलोपटक विश्वकपमा सहभागी हुन लागेको नेपाली टोली बिहीबार भियतनामको दानाङ प्रस्थान गर्ने भएको छ।
अगष्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म हुने प्रतियोगिताको सिनियर क्याटेगोरीमा हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधानले प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै, ओपन क्याटेगोरीमा ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्षा राणा, सञ्जील कन्साकार र किरण खनालले भाग लिने छन्।
व्यवस्थापक तथा प्रशिक्षकमा सौरभ भण्डारी छन्।














