सोमबार, ०८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

सोमबार, ०८ भाद्र २०८३खेलपाटी संवाददाता
अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल
Loading ad...
mustang rice ad

हेर्दा पुरानो। रंग उडेको र खेल्नसमेत नमिल्ने जस्तो देखिने एउटा फुटबल ठूलो मूल्यमा बिक्री भएको छ।

विशेषज्ञ लिलामीकर्ताका अनुसार यो अहिलेसम्म सुरक्षित रहेका सबैभन्दा महत्त्वपूर्ण फुटबल सामग्रीमध्ये एक हो। कारण, यही बलबाट अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाले चर्चित ‘ह्यान्ड अफ गड’ गोल गरेका थिए।

अमेरिकाको हेरिटेज अक्सनमा उक्त फुटबल २.५ मिलियन पाउन्डमा बिक्री भएको हो, जुन नेपाली रुपैयाँमा ५२ करोड ३० लाख ७५ हजार रुपैयाँ हुन्छ।

c6488df0-9f80-11f1-82a0-8dbe1008b861.jpg

सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ ले हराएको थियो। त्यही खेलमा म्याराडोनाले विपक्षी गोलरक्षक पिटर शिल्टनलाई छल्दै हातले बल प्रहार गरेर गोल गरेका थिए।

खेलपछि उक्त गोलबारे म्याराडोनाले भनेका थिए, ‘गोल केही म्याराडोनाको टाउको र केही भगवानको हातबाट भएको हो।’

त्यही खेलमा म्याराडोनाले अर्को अविश्वसनीय गोल पनि गरेका थिए। उनले आफ्नै हाफबाट बल अघि बढाउँदै इङ्ल्यान्डका पाँच खेलाडीलाई छलाएर गोलरक्षक शिल्टनलाई समेत पराजित गरेका थिए। उक्त गोललाई पछि ‘शताब्दीकै उत्कृष्ट गोल’को रूपमा समेत चर्चा गरियो।

Diego-Maradona-005

यद्यपि, लिलामीबाट प्राप्त रकम अपेक्षा गरिएभन्दा कम हो। लिलामी संस्थाका अनुसार बलले अपेक्षाभन्दा करिब ५ मिलियन पाउन्ड अर्थात् करिब १ अर्ब ४ करोड ६१ लाख ५० हजार नेपाली रुपैयाँ कम मूल्य पाएको छ।

यो फुटबल उक्त खेलका रेफ्री अली बिन नासेरले करिब तीन दशकसम्म सुरक्षित राखेका थिए। खेल सकिएपछि उनले एडिडास अज्टेका बल आफ्नो साथमा राखेका थिए। सन् २०२३ मा हस्ताक्षर गरिएको एउटा पत्रमार्फत उनले उक्त खेलमा एउटै बल मात्र प्रयोग भएको पुष्टि गरेका थिए।

बिन नासेरले सन् २०२२ मा उक्त बल १.७४ मिलियन पाउन्डमा बिक्री गरेका थिए। त्यसपछि नयाँ मालिकले २०२३ मा बललाई पुनः लिलामीमा राखेका थिए। तर‚ न्यूनतम मूल्यसमेत नआएपछि त्यसबेला बल बिक्री हुन सकेन।

म्याराडोनाले सोही खेलमा लगाएको जर्सी पनि सन् २०२२ मा भएको एक लिलामीमा ७.१ मिलियन पाउन्ड अर्थात् १ अर्ब ४८ करोड १३ लाख ९० हजार नेपाली रुपैयाँमा बिक्री भएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘बहुरुपी’ रोनाल्डो !

‘बहुरुपी’ रोनाल्डो !

सजग एनरिके

सजग एनरिके

मेसीलाई जरिवाना, रोनाल्डोले  पहिलो खेलमै गरे गोल

मेसीलाई जरिवाना, रोनाल्डोले पहिलो खेलमै गरे गोल

Loading ad...
xTreme Energy Drink
अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

‘बहुरुपी’ रोनाल्डो !

‘बहुरुपी’ रोनाल्डो !

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नामिबियाले दक्षिण अफ्रिका  र जिम्बाबेसँग टी–२०  सिरिज खेल्ने

नामिबियाले दक्षिण अफ्रिका र जिम्बाबेसँग टी–२० सिरिज खेल्ने

सजग एनरिके

सजग एनरिके

मेसीलाई जरिवाना, रोनाल्डोले  पहिलो खेलमै गरे गोल

मेसीलाई जरिवाना, रोनाल्डोले पहिलो खेलमै गरे गोल

पहिलो जितको खोजिमा नेपाल

पहिलो जितको खोजिमा नेपाल

जोगियो लिभरपुल

जोगियो लिभरपुल