सोमबार, ०८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जोगियो लिभरपुल

सोमबार, ०८ भाद्र २०८३खेलपाटी संवाददाता
जोगियो लिभरपुल
Loading ad...
mustang rice ad

काठमाडौं। लिभरपुलले आइतबार सेन्ट जेम्स पार्कमा न्युक्यासल युनाइटेडसँग रोमाञ्चक २–२ को बराबरी खेल्दै एक अंक जोगाएको छ। खेलको अन्तिम समयमा डोमिनिक सुबोस्लाईले पेनाल्टीमा गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो।

दुवै टोलीका समर्थकहरूले आफ्ना साझा नायक केभिन किगनको सम्मान गरेको दिन खेलमा पनि किगनको शैली झल्किने गरी अन्तिम समयमा निर्णायक गोल भयो। किगनको जुलाईमा ७५ वर्षको उमेरमा निधन भएको थियो।

न्युक्यासलले खेलको पाँचौं मिनेटमै एन्थोनी एलाङ्गाको गोलबाट उत्कृष्ट सुरुआत गरेको थियो। तीव्र काउन्टर अट्याकपछि एलाङ्गाले बल नियन्त्रण गर्दै टाढाको कुनामा उत्कृष्ट प्रहार गरेका थिए।

तर‚ दोस्रो हाफ सुरु भएको १० मिनेटमै कोडी गाक्पोले लिभरपुललाई बराबरीमा ल्याए। उनले पेनाल्टी क्षेत्रबाहिरबाट बल अघि बढाउँदै एलाङ्गाले पहिलो गोल गरेको उही कुनातर्फ शक्तिशाली प्रहार गरेका थिए।

न्युक्यासलका लागि जो विलकले बेन्चबाट मैदान प्रवेश गरेपछि लगभग तुरुन्तै गोल गर्दै टोलीलाई फेरि अग्रता दिलाए। उनको घुमाउरो र बाउन्स हुँदै आएको प्रहार लिभरपुलका गोलरक्षकका लागि कठिन साबित भयो।

तर‚ इन्जुरी समयको अन्तिमतिर न्युक्यासलका डिफेन्डर लुइस हलले लिभरपुलका वैकल्पिक खेलाडी भिक्टर मुन्योजलाई पेनाल्टी क्षेत्रमा फाउल गरे। रेफ्रीले लिभरपुललाई पेनाल्टी दिए।

न्युक्यासलविरुद्ध खेल्दा समर्थकबाट लगातार आलोचना खेपिरहेका अलेक्जान्डर इसाकले पेनाल्टी लिने अपेक्षा गरिए पनि सुबोस्लाईले जिम्मेवारी लिए। हंगेरीका मिडफिल्डरले कुनै गल्ती नगरी बललाई गोलको माथिल्लो कुनामा प्रहार गर्दै लिभरपुललाई २–२ को बराबरी दिलाए।

किगनको सम्झनामा भावुक साँझ

यो खेल किगनको सम्झनामा विशेष बनेको थियो। उनले खेलाडीका रूपमा लिभरपुलमा महत्त्वपूर्ण योगदान दिएका थिए भने न्युक्यासलमा खेलाडी र प्रशिक्षक दुवैका रूपमा क्लबलाई इङ्लिस फुटबलको शीर्ष तहमा फर्काउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

न्युक्यासलका पूर्वस्ट्राइकरहरू एलन शियरर, लेस फर्डिनान्ड र पिटर बियर्डस्लीसहित कोलम्बियाली स्टार फाउस्टिनो आसप्रिल्ला पनि किगनलाई सम्मान गर्न उपस्थित थिए। लिभरपुलका महान् खेलाडी केनी डाल्ग्लिस पनि कार्यक्रममा सहभागी थिए।

खेलभर दुवै टोलीका समर्थकहरूले किगनको नाममा गीत गाएका थिए। अन्तिम क्षणको नाटकीय बराबरीले किगनको आक्रामक र रोमाञ्चक फुटबल शैलीको सम्झना गराउँदै उनको स्मृतिमा उपयुक्त श्रद्धाञ्जलीसमेत बनेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

सिटीको संघर्षपूर्ण जित

सिटीको संघर्षपूर्ण जित

 चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

Loading ad...
xTreme Energy Drink
पहिलो जितको खोजिमा नेपाल

पहिलो जितको खोजिमा नेपाल

जोगियो लिभरपुल

जोगियो लिभरपुल

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

सिटीको संघर्षपूर्ण जित

सिटीको संघर्षपूर्ण जित

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक

१४औं साग चैतमा

१४औं साग चैतमा