सोमबार, ०८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

सोमबार, ०८ भाद्र २०८३खेलपाटी संवाददाता
बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत
Loading ad...
mustang rice ad

काठमाडौं। बार्सिलोनाले आइतबार एल्चेलाई ५–० ले पराजित गर्दै ला लिगा उपाधि रक्षा अभियानमा सानदार सुरुआत गरेको छ। लगातार तेस्रो लिग उपाधि जित्ने लक्ष्यमा रहेको बार्सिलोनाका लागि राफिन्हा र फर्मिन लोपेजले दुई–दुई गोल गरे।

कप्तान राफिन्हाले १४औं मिनेटमै पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। एल्चेका डिफेन्डर भिक्टर चुस्तले पेनाल्टी क्षेत्रमा राफिन्हालाई लडाएपछि प्राप्त पेनाल्टीमा उनले गोलरक्षकलाई कुनै मौका दिएनन्।

पहिलो हाफको इन्जुरी समयमा नयाँ खेलाडी करिम अदेयेमीले बार्सिलोनाका लागि दोस्रो गोल गरे। बार्सिलोनाले मिडफिल्डमै बल खोसेपछि लामिन यमलले राफिन्हालाई बल दिए। राफिन्हाको उत्कृष्ट पासमा अदेयेमीले अफसाइड ट्र्याप तोड्दै गोल गरे।

दोस्रो हाफमा बार्सिलोनाले आफ्नो दबाब अझ बढायो। ६७औं मिनेटमा एन्थोनी गोर्डनले बायाँतर्फबाट तीव्र गतिमा अघि बढ्दै राफिन्हालाई उत्कृष्ट पास दिए, जसलाई उनले शक्तिशाली प्रहारमार्फत गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो गोल गरे।

त्यसको चार मिनेटपछि गोर्डन फेरि निर्णायक बने। आफ्नै हाफबाट लामो पास पछ्याउँदै एल्चेको पेनाल्टी क्षेत्रमा पुगेका उनले फर्मिन लोपेजलाई बल मिलाइदिए। फर्मिनले खाली पोस्टमा गोल गर्दै स्कोर ४–० बनाए।

७९औं मिनेटमा फर्मिनले व्यक्तिगत दोस्रो तथा बार्सिलोनाको पाँचौं गोल गरे। पेनाल्टी क्षेत्रको छेउमा बल नियन्त्रण गर्दै डिफेन्डरलाई छक्याएर उनले शक्तिशाली प्रहार गरेका थिए।

बार्सिलोनाका लागि एकमात्र चिन्ताको विषय भने पहिलो हाफको अन्त्यतिर गाभी घाइते हुँदै मैदानबाट बाहिरिनु रह्यो। दायाँ घुँडामा दुखाइ महसुस भएपछि उनले मैदान छाडेका थिए। उनको चोटबारे क्लबले अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जोगियो लिभरपुल

जोगियो लिभरपुल

सिटीको संघर्षपूर्ण जित

सिटीको संघर्षपूर्ण जित

 चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

Loading ad...
xTreme Energy Drink
पहिलो जितको खोजिमा नेपाल

पहिलो जितको खोजिमा नेपाल

जोगियो लिभरपुल

जोगियो लिभरपुल

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

सिटीको संघर्षपूर्ण जित

सिटीको संघर्षपूर्ण जित

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक

१४औं साग चैतमा

१४औं साग चैतमा