मंगलबार, ०९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रोजर्सको गोलसँगै चेल्सीको विजयी सुरुआत

मंगलबार, ०९ भाद्र २०८३खेलपाटी संवाददाता
रोजर्सको गोलसँगै चेल्सीको विजयी सुरुआत
Loading ad...
mustang rice ad

काठमाडौं– चेल्सीले नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा प्रिमियर लिगको नयाँ सिजन विजयी सुरुआत गरेको छ।

सोमबार भएको खेलमा चेल्सीले फुलह्यामलाई ३–२ गोलले पराजित गर्‍यो। क्लबको कीर्तिमानी रकममा अनुबन्ध भएका मर्गन रोजर्सले डेब्यु खेलमै गोल गर्दै टोलीको जितमा महत्त्वपूर्ण योगदान दिए।

खेल सुरु भएको ३२ सेकेन्डमै ब्राजिलियन खेलाडी जोआओ पेड्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर‚ पहिलो हाफको मध्यतिर जोस किङले गोल गर्दै फुलह्यामलाई खेलमा फर्काए।

पहिलो हाफ सकिँन चार मिनेटअघि रोजर्सले म्याक्सेन्स लाक्र्वाको उत्कृष्ट ‘कटब्याक’मा गोल गर्दै चेल्सीलाई पुनः २–१ को अग्रता दिलाए। एस्टन भिल्लाबाट गत महिना चेल्सीमा आएका रोजर्सका लागि यो डेब्यु खेलमै आएको महत्त्वपूर्ण गोल थियो।

दोस्रो हाफ सुरु भएको चार मिनेटपछि कोल पाल्मरले जोआओ पेड्रोको पासमा उत्कृष्ट फिनिसिङ गर्दै चेल्सीको अग्रता ३–१ बनाए। तर‚ फुलह्यामले केही समयमै गोल फर्कायो। गोलरक्षक सान्चेजले टिमोथी कास्टान्येको ‘लो क्रस’ रोक्ने प्रयास गरे पनि बल पूर्ण रूपमा नियन्त्रण गर्न नसकेपछि गोन्जालो गार्सियाले हेडमार्फत गोल गरे।

त्यसपछि फुलह्यामले बराबरी गोलका लागि लगातार दबाब सिर्जना गरे पनि चेल्सीले अग्रता जोगाउन सफल भयो। चेल्सीका प्रशिक्षक अलोन्सोले खेलपछि आफ्नो टोलीको आक्रमणपंक्तिको प्रदर्शनको प्रशंसा गर्दै पहिलो खेलबाट आफू सन्तुष्ट रहेको बताए।

उनले पेड्रो, रोजर्स र पाल्मरको संयोजन तथा उनीहरूको सिर्जनात्मक क्षमताले विशेष प्रदर्शन गर्न सक्ने उल्लेख गरे। यस खेलमा अलोन्सोको सामना उनका रियल मड्रिड तथा स्पेनका पूर्वसहकर्मी आल्भारो अर्बेलोआसँग भएको थियो। अर्बेलोआ पनि फुलह्यामको प्रशिक्षकका रूपमा पहिलो खेलमा थिए।

पराजित भए पनि अर्बेलोआले आफ्नो टोलीले अझ राम्रो नतिजा पाउनुपर्ने धारणा राखे। उनले खेलाडीहरूको रवैयाबाट आफू सन्तुष्ट रहेको बताउँदै फुलह्यामले आगामी खेलमा पनि आक्रामक शैलीलाई निरन्तरता दिने बताए।

चेल्सीले नयाँ खेलाडीहरूमा ३० करोड पाउन्डभन्दा बढी खर्च गरिसकेको छ। नयाँ सिजनमा चेल्सीलाई साविक विजेता आर्सनललाई चुनौती दिन सक्ने प्रमुख टोलीमध्ये एकका रूपमा हेरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोमाको जितमा मालेनको  ह्याट्रिक

रोमाको जितमा मालेनको ह्याट्रिक

अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

‘बहुरुपी’ रोनाल्डो !

‘बहुरुपी’ रोनाल्डो !

Loading ad...
xTreme Energy Drink
रोमाको जितमा मालेनको  ह्याट्रिक

रोमाको जितमा मालेनको ह्याट्रिक

रोजर्सको गोलसँगै चेल्सीको विजयी सुरुआत

रोजर्सको गोलसँगै चेल्सीको विजयी सुरुआत

अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

‘बहुरुपी’ रोनाल्डो !

‘बहुरुपी’ रोनाल्डो !

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नामिबियाले दक्षिण अफ्रिका  र जिम्बाबेसँग टी–२०  सिरिज खेल्ने

नामिबियाले दक्षिण अफ्रिका र जिम्बाबेसँग टी–२० सिरिज खेल्ने

सजग एनरिके

सजग एनरिके

मेसीलाई जरिवाना, रोनाल्डोले  पहिलो खेलमै गरे गोल

मेसीलाई जरिवाना, रोनाल्डोले पहिलो खेलमै गरे गोल