सिमा क्रोएसियाको क्लबमा अनुबन्ध
मंगलबार, ०९ भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली महिला फुटबल खेलाडी सिमा रानी घले क्रोएसियाको शीर्ष डिभिजन महिला फुटबल क्लब जेडएनके स्प्लिटमा अनुबन्ध भएकी छन्।
उनले अब क्रोएसियाको शीर्ष महिला फुटबल प्रतियोगिता ‘ए’ डिभिजनमा खेल्नेछिन्।
सिमाले एफसी बुद्धबाट आफ्नो फुटबल यात्रा सुरु गरेकी थिइन्। त्यसपछि उनले संकटा फुटबल क्लबबाट समेत खेलेकी थिइन्।











