बिहिबार, ११ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
Loading ad...
Bhat Bhateni Supermarket Ad

कुशलको अराउन्डर प्रदर्शनका बाबजुद नेपाल पराजित

बिहिबार, ११ भाद्र २०८३
कुशलको अराउन्डर प्रदर्शनका बाबजुद नेपाल पराजित
Loading ad...
mustang rice ad

काठमाडौं। अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भएको छ।

जितका लागि पछ्याएको १९८ रनको लक्ष्य नेपाल ‘ए’ले १९.२ ओभरमा सवै विकेट गुमाउँदै १६६ रन मात्र बनाउन सक्यो। यससँगै पाँच खेल खेलको नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ।

बुधबार भएको खेलमा नेपाल ‘ए’ले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई ४ विकेटले पराजित गरेको थियो भने सोमबार भएको खेलमा नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो।

त्यसअघि नेपाल ‘ए’ पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेट तथा बङ्गलादेशको ‘ए’ टोलीसँग ९ विकेटले पराजित भएको थियो।

नेपालको सुरुआत निराशाजनक रह्यो। मयन यादव एक रन नबनाइकन आउट भए। त्यसपछि पनि नेपालले नियमित विकेट गुमाउँदै गयो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए। उनले ४६ बल खेल्ने क्रममा ६ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै लोकेश बमले २३ बलमा ३८ रन बनाए भने राशिद खानले ११, नारायण जोशीले १२ तथा बिपिन खत्रीले १० रन बनाए।

बलिङतर्फ हैदराबादका लागि स्कट कुगेलेइन र उसामा मिरले तीन तीन विकेट लिए भने अलि शेखले दुई विकेट हात पारे। त्यसअघि डर्विनस्थित गार्डेन्स ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबाद किङ्समेन एकेडेमीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनायो।

हैदराबादका लागि शेहान जयसूर्याले ४४ बलमा चार चौका र पाँच छक्कासहित ६७ रनको योगदान दिए। यस्तै हम्माद आजमले ११ बलमा दुई चौका र दुई छक्कासहित अविजित २६ रन बनाए। मिलिन्द कुमारले २५, शायान जहाँगीरले २७, तय्याब आरिफले २३ तथा अली शेखले २२ रनको योगदान दिए।

बलिङतर्फ नेपालका नारायण जोशीले दुई तथा राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलले एक एक विकेट लिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

Loading ad...
xTreme Energy Drink
कुशलको अराउन्डर प्रदर्शनका बाबजुद नेपाल पराजित

कुशलको अराउन्डर प्रदर्शनका बाबजुद नेपाल पराजित

मोरङबाट यू–१५  प्रतियोगिताका लागि ४४  खेलाडी छनोट

मोरङबाट यू–१५ प्रतियोगिताका लागि ४४ खेलाडी छनोट

अल्भारेजलाई बार्सिलोनामा नबेच्ने एट्लेटिकोको निर्णय

अल्भारेजलाई बार्सिलोनामा नबेच्ने एट्लेटिकोको निर्णय

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड रुपैयाँ सहयोग

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड रुपैयाँ सहयोग

नेपाल र हैदराबाद भिड्दै

नेपाल र हैदराबाद भिड्दै

कुस्ती टोली किर्गिस्तान  जाने

कुस्ती टोली किर्गिस्तान जाने

कुशलको अर्धशतकमा नेपालको दोस्रो जित

कुशलको अर्धशतकमा नेपालको दोस्रो जित

 टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल