कुस्ती टोली किर्गिस्तान जाने
बुधबार, १० भाद्र २०८३खेलपाटी संवाददाता
-1787756317261.jpeg&w=3840&q=75)
काठमाडौं। युडब्लुडब्लु विश्व वेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार किर्गिस्तान जाने भएको छ।
अगष्ट ३१ देखि सेम्टेम्बर ६ तारिखसम्म हुने प्रतियोगितामा त्रिलोकीप्रसाद यादवले पुरुष १०० केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन्। प्रशिक्षकमा मुम्ताज अली इद्रिसी छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।






-1748174326.jpeg&w=3840&q=75)








-1787661904658.jpeg&w=3840&q=75)