बुधबार, १० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

बुधबार, १० भाद्र २०८३खेलपाटी संवाददाता
फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’
Loading ad...
mustang rice ad

काठमाडौं। म्यानचेस्टर युनाइटेडका कप्तान तथा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसलाई २०२५–२६ सिजनका लागि प्रोफेसनल फुटबलर्स एसोसिएसन (पीएफए) को ‘प्लेअर अफ द इयर’ घोषित गरिएको छ।

३१ वर्षीय फर्नान्डेसले प्रिमियर लिगको एकै सिजनमा कीर्तिमानी २१ असिस्ट प्रदान गरेका थिए। उनले लिगमा ९ गोलसमेत गर्दै युनाइटेडलाई तेस्रो स्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले।

फर्नान्डेस सन् २०२० देखि युनाइटेडमा आबद्ध छन्। उनले क्लबका लागि हालसम्म ३१४ खेलमा ११० गोल र १०६ असिस्ट गरेका छन्। उनी प्रिमियर लिग युगमा युनाइटेडका लागि २०० गोल योगदान (गोल र असिस्ट) पूरा गर्ने दोस्रो छिटो खेलाडी बनेका छन्। वाइन रुनीले २९५ खेलमै यो उपलब्धि हासिल गरेका थिए।

पीएफएको पुरुषतर्फको वार्षिक अवार्ड जित्ने फर्नान्डेस दोस्रो पोर्चुगिज खेलाडी बनेका छन्। यसअघि क्रिस्टियानो रोनाल्डोले सन् २००७ र २००८ मा लगातार दुईपटक यो अवार्ड जितेका थिए। युनाइटेडका खेलाडीले यो अवार्ड अहिलेसम्म १२ पटक जितिसकेका छन्, जुन इङ्ल्यान्ड र वेल्सका क्लबमध्ये सबैभन्दा धेरै हो।

युनाइटेडका प्रशिक्षक माइकल क्यारिकले फर्नान्डेसलाई आक्रमणमा बढी स्वतन्त्रता दिँदा उनको प्रदर्शन थप प्रभावशाली बनेको बताए। क्यारिकका अनुसार फर्नान्डेसले आफ्नो सिर्जनात्मक क्षमता र खेल बुझ्ने प्राकृतिक क्षमताका कारण निर्णायक क्षण सिर्जना गर्न सफल भएका हुन्।

महिला खेलाडीको अवार्ड खदिजा शालाई

म्यानचेस्टर सिटीकी फरवार्ड खदिजा शाले महिला ‘प्लेअर अफ द इयर’को अवार्ड जितेकी छन्। विमेन्स सुपर लिगमा २१ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी शाले यसअघि २०२४ मा पनि यो अवार्ड जितेकी थिइन्।

म्यानचेस्टर सिटीका २१ वर्षीय लेफ्ट ब्याक निको ओ’राइलीलाई पुरुषतर्फको ‘युवा खेलाडी अफ द इयर’ घोषित गरिएको छ। उनले सिटीका लागि सबै प्रतियोगितामा ५३ खेल खेल्दै ९ गोल गरेका थिए। यसअघि उनले प्रिमियर लिगको ‘युवा खेलाडी अफ द सिजन’को अवार्ड पनि जितेका थिए।

महिलातर्फ आर्सनलकी २२ वर्षीया स्ट्राइकर ओलिभिया स्मिथ लगातार दोस्रोपटक ‘युवा खेलाडी अफ द इयर’ बनेकी छन्।

पीएफए ‘प्रिमियर लिग टिम अफ द इयर’

गोलकिपर: डेभिड राया (आर्सनल)

डिफेन्डर: गाब्रिएल मागाल्हाएस (आर्सनल), निको ओ’राइली (म्यानचेस्टर सिटी), विलियम सालिबा (आर्सनल), युरियन टिम्बर (आर्सनल)

मिडफिल्डर: ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), डेक्लान राइस (आर्सनल), रयान चेरकी (म्यानचेस्टर सिटी)

फरवार्ड: एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी), एन्टोइन सेमेन्यो (म्यानचेस्टर सिटी), इगोर थियागो (ब्रेन्टफोर्ड)

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

Loading ad...
xTreme Energy Drink
फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

नेपाल र एसीटी भिड्दै

नेपाल र एसीटी भिड्दै

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

वियंकालाई स्वर्ण

वियंकालाई स्वर्ण

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम