बुधबार, १० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

मंगलबार, ०९ भाद्र २०८३खेलपाटी संवाददाता
तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब
Loading ad...
mustang rice ad

काठमाडौं। तीन जना विश्वकप विजेता खेलाडीसहितको अन्तर्राष्ट्रिय लगानी समूहले पोर्चुगलको शीर्ष डिभिजन क्लब एस्टेरेला दा अमाडोराको ९० प्रतिशत सेयर खरिद गरेको छ।

जर्मनीका थोमस मुलर र माट्स हुमेल्स, फ्रान्सका लुकास हर्नान्डेज तथा स्विट्जरल्यान्डका गोलरक्षक यान सोमरसमेत रहेको समूहले क्लबको बहुमत स्वामित्व लिएको हो।

उक्त समूहले पूर्वमालिक तथा अध्यक्ष पाउलो लोपोलाई करिब ४ करोड युरो तिरेर क्लबको ९० प्रतिशत हिस्सेदारी खरिद गरेको बताइएको छ। लोपोले सन् २०२० मा एस्टेरेला क्लब ७२ हजार युरोमा खरिद गरेका थिए।

क्लबले मंगलबार उक्त सम्झौताको पुष्टि गरेको हो। लगानी समूहको नेतृत्व एडभान्टेज र लिडले गरेका छन् भने केआई समूहको समेत समर्थन रहेको छ।

मुलर र हुमेल्स सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए। त्यसको चार वर्षपछि हर्नान्डेज फ्रान्सले विश्वकप जित्दा टोलीमा थिए।

स्विट्जरल्यान्डका पूर्वगोलरक्षक सोमर हाल क्लब ब्रुगमा खेलिरहेका छन्। उनी गत सिजनको अन्त्यमा इटालीको लिग विजेता इन्टर मिलानबाट बाहिरिएका थिए।

मुलरले लामो समय बायर्न म्युनिखमा खेल्दा यी तीनै खेलाडीसँग फरक–फरक समयमा सहकर्मीका रूपमा खेलेका थिए।

एस्टेरेलाको नयाँ अध्यक्षका रूपमा योहानेस मोसमाङले लोपोको स्थान लिनेछन्। ३५ वर्षीय मोसमाङले पछिल्लो एक दशक बायर्न म्युनिखमा खेलाडी व्यवस्थापन विभागमा काम गरेका थिए।

एस्टेरेला दा अमाडोराका लागि यो निकै उल्लेखनीय परिवर्तन हो। क्लब सन् २०११ मा टाँट पल्टिएको थियो। सन् २०२० मा सिन्त्रासँगको विलयपछि एस्टेरेला पोर्चुगलको तेस्रो तहबाट पुनः यात्रा सुरु गर्दै सन् २०२३ मा शीर्ष डिभिजनमा फर्किएको थियो।

गत सिजन १८ टोली सहभागी पोर्चुगिज शीर्ष डिभिजनमा एस्टेरेला १५औं स्थानमा रह्यो। आफूभन्दा तल रहेको कासा पियाविरुद्धको राम्रो आपसी खेलको रेकर्डका कारण उसले रेलिगेसनबाट जोगिन सफल भयो।

एस्टेरेला क्लब लिस्बनबाट करिब १० किलोमिटर उत्तरपश्चिममा रहेको अमाडोरा सहरमा आधारित छ। तीन विश्वकप विजेतासहितको लगानी समूहको प्रवेशसँगै क्लबले अब आर्थिक तथा खेलकुद दुवै क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

Loading ad...
xTreme Energy Drink
कुस्ती टोली किर्गिस्तान  जाने

कुस्ती टोली किर्गिस्तान जाने

कुशलको अर्धशतकमा नेपालको दोस्रो जित

कुशलको अर्धशतकमा नेपालको दोस्रो जित

 टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

नेपाल र एसीटी भिड्दै

नेपाल र एसीटी भिड्दै

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

वियंकालाई स्वर्ण

वियंकालाई स्वर्ण

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने