काठमाडौं । नेपाल कुस्ती संघको नेतृत्वमा प्रकाश कुमार कुसारी सर्वसम्मत निर्वाचित भएका छन् ।
आईतबार काठमाडौंमा भएको संघको साधारण सभाले कुसारीको नेतृत्वमा कुस्ती संघको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा निर्मल सिग्देल, मुकेश साह, सुर्यन्स कुमार चौधरी निर्वाचित भएका छन् ।
महासचिवमा खगेन्द्र बहादुर बस्नेत, उपमहासचिवमा साजन अधिकारी, सचिवमा सरोज कटुवाल, सुर्यनारायण साह र कोषाध्यक्षमा विपुल पौडेल सर्वसम्मत भए ।
सदस्यमा ऐटन कुमार मल्ल, सुदीप केसी, अनिल न्यौपाने, उपेन्द्र श्रेष्ठ, बिक्रम सागर पोख्रेल र लक्ष्मी उराउ निर्वाचित भए ।
साधारणको राखेपका उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । साधारण सभामा केन्द्र, ४ प्रदेश र २२ जिल्लाका ५२ प्रतिनिधिको उपस्थिति रहेको नवनिर्वाचित अध्यक्ष कुसारीले जनाएका छन् ।
अब समान १–१ वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र उपमहासचिव, ३ सचिव र ६ सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउने अध्यक्ष कुसारीले जानकारी गराएका थिए ।