बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता
शुक्रबार, ०८ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
महासंघको विधान, २०४८ (८औं संशोधन, २०८०) को परिच्छेद ७, दफा २२ को उपदफा (१) बमोजिम महासंघका अध्यक्ष तथा महासचिवमाथि अविश्वासको प्रस्ताव दर्ता भएको हो।
११८ प्रतिनिधिमध्ये ६० जनाले काठमाडौंमा जेठ १० गते विशेष साधारण सभा आयोजना हुनुपर्ने माग गरि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यवाहक सदस्य सचिव रामचरित्र मेहतालाई सम्बोधन गरि निवेदन दिएका थिए।
अध्यक्ष र महासचिवको कारण नेपालमा चेस सीमित घेरामा खुम्चिएको, वैदेशिक प्रतियोगितामा छनोटमा मनोमानी भएको र महासंघ प्रशासनिक रूपमा समेत असफल भएको उनीहरूको दाबी छ।















-1787319995169.jpeg&w=3840&q=75)
-1787313945913.jpeg&w=3840&q=75)