शनिबार, ०६ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्वीकृतिविना विदेश गए राखेपले कारबाही गर्ने

बिहिबार, ०७ जेठ २०८३खेलपाटी संवाददाता
स्वीकृतिविना विदेश गए राखेपले कारबाही गर्ने
Loading ad...
mustang rice ad

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्को स्वीकृतिविना अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुने तथा गराउने व्यक्ति र संस्थामाथि आवश्यक कारबाही गरिने जनाएको छ।

राखेपले शिक्षा तथा खेलकुद मन्त्रालयलाई बुधबार पत्राचार गर्दै राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार परिषद्को पूर्वस्वीकृति बिना कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, गोष्ठी, सेमिनार तथा खेलकुदसम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्न नपाइने स्पष्ट पारेको हो।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ (क) मा परिषद्को स्वीकृति लिएर मात्र खेलाडी वा सदस्यलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउन सकिने कानुनी व्यवस्था रहेको छ। परिषद्मा दर्ता तथा आबद्ध रहेका खेल संघ/महासंघ मात्र नभई आबद्धता नलिएका संस्थाले समेत अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दा परिषद्को अनिवार्य स्वीकृति लिनुपर्ने उल्लेख छ।

पछिल्लो समय केही खेल संघ, महासंघ तथा अन्य संस्थाले विभिन्न उद्देश्यले परिषद्को स्वीकृतिविना अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउने तथा गराउने गरेको जानकारी प्राप्त भएको परिषद्का प्रमुख प्रशासन विभागका भोजानन्द राईले बताएका छन्। यस्तो कार्यले राष्ट्रको स्वाभिमान र प्रतिष्ठामा असर पुग्ने भन्दै परिषद्ले यस्ता गतिविधिलाई निरुत्साहित गर्दै खेलकुदको विकास, विस्तार र प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको बताएको छ।

परिषद्को ७ वैशाखको सदस्य–सचिवस्तरीय निर्णयअनुसार शिक्षा तथा खेलकुद मन्त्रालयमार्फत गृह मन्त्रालय, अध्यागमन विभाग लगायत सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि सिफारिस गर्न अनुरोध गरिएको छ। उक्त पत्रको बोधार्थ नेपाल ओलम्पिक कमिटी तथा सबै खेल संघ/महासंघलाई समेत पठाइएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
xTreme Energy Drink
साफ च्याम्पियनसिपमा पहिलोपटक भीएआर प्रयोग हुने

साफ च्याम्पियनसिपमा पहिलोपटक भीएआर प्रयोग हुने

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

देवको शतकमा नेपालको लगातार जित

देवको शतकमा नेपालको लगातार जित

रुटले भेटे सचिनको  कीर्तिमान

रुटले भेटे सचिनको कीर्तिमान

पौडेल सचिवमा मनोनित

पौडेल सचिवमा मनोनित

बास्केटबल टोली युएई जाने

बास्केटबल टोली युएई जाने

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

पवनको अर्धशतक चुकेपछि नेपालले बनायो १२२ रन

पवनको अर्धशतक चुकेपछि नेपालले बनायो १२२ रन