नेपाल र हैदराबाद भिड्दै

काठमाडौं– नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिज बिहीबार हैदराबाद किङ्समेन एकेडेमीको सामना गर्दैछ। खेल डार्विनस्थित गार्डेन्स ओभल मैदानमा नेपाली समयअनुसार बिहान ९:१५ बजे सुरु हुनेछ।
अंक तालिकामा हैदराबाद किङ्समेन एकेडेमी छैटौँ स्थानमा छ। उसले चार खेलमा दुई जित र दुई हारसहित ४ अंक जोडेको छ।
नेपाल पनि चार खेलबाट दुई जित र दुई हारसहित ४ अंक जोडेर तालिकाको सातौ स्थानमा छ। नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको थियो।
अर्को खेलमा बंगलादेश हाइ प्रफरमेन्स ११ सँग ९ विकेटको फराकिलो हार बेहोरेको थियो। तर, तेस्रो खेलमा भने होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो। नेपालले त्यसयता हार बेहोर्न परेको छैन। बुधबार भएको खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध ४ विकेटको जित हात पारेको थियो।
आजको खेल दुवै टोलीका लागि अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने महत्त्वपूर्ण अवसर हुनेछ।









-1787756317261.jpeg&w=3840&q=75)


