शुक्रबार, १२ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मार्सल आर्ट
Loading ad...
Bhat Bhateni Supermarket Ad

रवीन्द्रको अग्निपरीक्षा

शुक्रबार, १२ भाद्र २०८३खेलपाटी संवाददाता
रवीन्द्रको अग्निपरीक्षा
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली फाइटर रवीन्द्र ढाँट आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्।

उनले शुक्रबार रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। रवीन्द्र र कासिबबीचको बहुप्रतीक्षित प्रतिस्पर्धा चीनको साङ्घाईस्थित अक्टागनमा अपराह्न पौने ३ बजेपछि सुरु हुनेछ।

यदि उनले फाइनलसमेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्। दुवै फाइटरको प्रोफेसनल एमएमए प्रदर्शन उत्कृष्ट रहेकाले आजको प्रतिस्पर्धा निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

‘बझाङ्गी बाघ’ उपनामले चर्चित रवीन्द्रले हालसम्म बान्टमवेट विधामा १० खेल खेलेका छन्। उनले ९ खेलमा जित हात पारेका छन् भने एक खेलमा मात्र पराजय व्यहोरेका छन्। रवीन्द्रले एमएमए करिअरमा सन् २०२३ मा इस्माइल खानसँग मात्र हार व्यहोरेका थिए। त्यसपछि भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि जितेपछि रवीन्द्र अझ चर्चित बने। उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए।

यो जितसँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने। रवीन्द्रले गत मे महिनामा मकाउमा आयोजित रोड टु युएफसी सिजन–५ को क्वार्टरफाइनलमा पनि जित निकालेका थिए। उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।

यससँगै रवीन्द्र रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने। उनीसामु आज थप इतिहास रच्ने अवसर छ। यदि कासिब मर्डोकलाई पराजित गर्न सके रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बन्नेछन्।

उता, मर्डोक पनि अपराजित यात्रालाई निरन्तरता दिँदै इतिहास रच्ने संघारमा छन्। उनको एमएमए करिअर पनि उत्कृष्ट छ। उनले हालसम्म कुनै पनि खेलमा पराजय बेहोरेका छैनन्।

मर्डोकले गत मे महिनामा रोड टु युएफसी सिजन–५ को क्वार्टरफाइनलमा जापानका युनोसुके मिनामीलाई पराजित गर्दै रवीन्द्रसँगको भेट पक्का गरेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

रविन्द्र युएफसी छनोटको सेमिफाइनलमा

रविन्द्र युएफसी छनोटको सेमिफाइनलमा

नेपाल जित कुन-दो संघले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

नेपाल जित कुन-दो संघले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

Loading ad...
xTreme Energy Drink
रवीन्द्रको अग्निपरीक्षा

रवीन्द्रको अग्निपरीक्षा

चेल्सी लिग कपको तेस्रो चरणमा

चेल्सी लिग कपको तेस्रो चरणमा

सानदार बार्सिलोना

सानदार बार्सिलोना

कुशलको अराउन्डर प्रदर्शनका बाबजुद नेपाल पराजित

कुशलको अराउन्डर प्रदर्शनका बाबजुद नेपाल पराजित

मोरङबाट यू–१५  प्रतियोगिताका लागि ४४  खेलाडी छनोट

मोरङबाट यू–१५ प्रतियोगिताका लागि ४४ खेलाडी छनोट

अल्भारेजलाई बार्सिलोनामा नबेच्ने एट्लेटिकोको निर्णय

अल्भारेजलाई बार्सिलोनामा नबेच्ने एट्लेटिकोको निर्णय

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड रुपैयाँ सहयोग

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड रुपैयाँ सहयोग

नेपाल र हैदराबाद भिड्दै

नेपाल र हैदराबाद भिड्दै