रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत
नेपाली खेलाडी रचना सिलवालले गामा एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी छन्। मलेसिया मिक्स मार्सल आर्ट्स संघको आयोजनामा भएको प्रतियोगिताको यु–१६ महिला ४६ केजीमुनि रचनाले रजत जितेकी हुन्।
नेपाली खेलाडी रचना सिलवालले गामा एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी छन्। मलेसिया मिक्स मार्सल आर्ट्स संघको आयोजनामा भएको प्रतियोगिताको यु–१६ महिला ४६ केजीमुनि रचनाले रजत जितेकी हुन्।
नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले युएफसी छनोट प्रतियोगिताअन्तर्गतको ‘रोड टू युएफसी सिजन ५’ को सेमिफाइनलमा स्थान बनाएका छन्।
नेपाल जित कुन–दो मार्सल आर्ट संघ भारतको ‘जित कुन-दो मार्सल आर्ट एसोसिएसन (इन्डिया)’ द्वारा आयोजित ‘इन्डो-नेपाल एसडीटी स्ट्रिट डिफेन्स टुर्नामेन्ट २०२६’ मा सहभागी हुने भएको छ।
जापानको हमामात्सुमा सम्पन्न प्रतियोगितामा नेपालका नबिन आचार्यले आइआइदो कातामा रजत पदक प्राप्त गरेका हुन् ।
प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार जापान प्रस्थान गर्ने भएको छ। अगस्ट ६ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बामदेव सुवेदी, मेणुका अधिकारी र जुना लामिछानेले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
म्याट्रिक्स फाइट नाइट (एमएफएन) टाइटल होडर रवीन्द्र ढाँट स्वदेश फर्किएको छ।
नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोंगरेन्ग कोरेनलाई पराजित गरेका छन्।
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा ८ स्वर्ण र २ रजत गरी १० पदक जितेको छ।
विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाने भएको छ।
नेपाली फाइटर रवीन्द्र ढाँटले मिक्स मार्सल आर्ट्समा विपक्षी खेलाडीलाई नकआउट गरेका छन्। बझाङका २५ वर्षीय रवीन्द्रले ब्रेभ कम्ब्याट फेडेरेसनको आयोजना चीनको झेंन्जुहाउ सहरमा भएको फाइटमा चिनियाँ खेलाडी एकियुबुलाई दुई मिनेटभन्दा कम समयमै पराजित गरेका हुन्।
नेपालका भूपेन्द्र गुरुङले छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका छन्।
नेपालका सन्देश मानन्धरले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगिताको पुरुष सुपर हेभीवेट ९० केजीमाथि आइतबार स्वर्ण जितेका छन्।