काठमाडौं। नेपाली फाइटर रवीन्द्र ढाँटले मिक्स मार्सल आर्ट्समा विपक्षी खेलाडीलाई नकआउट गरेका छन्।
बझाङका २५ वर्षीय रवीन्द्रले ब्रेभ कम्ब्याट फेडेरेसनको आयोजना चीनको झेंन्जुहाउ सहरमा भएको फाइटमा चिनियाँ खेलाडी एकियुबुलाई दुई मिनेटभन्दा कम समयमै पराजित गरेका हुन्।
बान्टमवेट बाउट (मिश्रित मार्सल आर्ट)मा रवीन्द्रले पहिलो राउन्डमै एकियुबुमाथि मुक्का बर्साएका थिए। एकियुबुले डिफेन्स गर्न नसकेपछि रवीन्द्रले जित निकालेका हुन्।
योसँगै ब्रेभ कम्ब्याटमा जित निकाल्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन्।