आइतबार, १४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

आइतबार, १४ भाद्र २०८३खेलपाटी संवाददाता
एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल
Loading ad...
mustang rice ad

काठमाडौं। मलेसियाको मैदानबाट नेपाली क्रिकेट टोलीले यसपटक उपाधि मात्रै होइन, सन् २०२७ को एसिया कपको टिकट पनि लिएर फर्कने लक्ष्य राखेको छ।

एसिसी प्रिमियर कपको तेस्रो संस्करण आइतबारदेखि सुरु हुँदै गर्दा नेपालसामु उपाधि जितेर एसिया कपमा स्थान बनाउने स्पष्ट अवसर छ। १० टोली सहभागी प्रतियोगितामा च्याम्पियन बन्ने टोलीले मात्र एसिया कपमा प्रवेश पाउने भएकाले नेपाली टोलीका लागि यसपटकको प्रिमियर कप निकै महत्त्वपूर्ण बनेको छ।

नेपालले प्रतियोगिताको सुरुआत सोमबार बहराइनविरुद्धको खेलबाट गर्नेछ। समूह ‘ए’ मा रहेको नेपालले बहराइनसँगै आयोजक मलेसिया, साउदी अरेबिया र हङकङसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष दुईमा रहन सके नेपालले सेमिफाइनल हुँदै उपाधिका लागि अघि बढ्ने अवसर पाउनेछ।

नेपालका लागि यसपटकको मुख्य चुनौती समूह चरण पार गर्नु मात्र होइन, विदेशी भूमिमा निरन्तर राम्रो प्रदर्शन गर्नु पनि हुनेछ। यद्यपि‚ प्रतियोगिताअघि मलेसियामै अभ्यास खेल खेलिसकेकाले नेपाली खेलाडीलाई स्थानीय वातावरण र पिचसँग केही हदसम्म परिचित हुने अवसर मिलेको छ।

पहिलो परीक्षा बहराइनसँग

नेपालले सोमबार बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा बहराइनसँग खेल्दै प्रतियोगिताको यात्रा थाल्नेछ। ५० ओभरको क्रिकेटमा नेपाल र बहराइनबीच यो पहिलो प्रतिस्पर्धा हुनेछ।

नयाँ प्रतिद्वन्द्वी भएकाले बहराइनविरुद्धको खेल नेपालका लागि सुरुआतमै आफ्नो लय स्थापित गर्ने अवसर पनि हुनेछ। पहिलो खेलमै बलिङ र ब्याटिङ दुवै विभागमा प्रभावशाली प्रदर्शन गर्न सके त्यसले बाँकी खेलका लागि आत्मविश्वास बढाउनेछ।

त्यसपछि नेपालले भदौ १८ गते आयोजक मलेसियाको सामना गर्नेछ। मलेसियाविरुद्ध पछिल्ला ५ एकदिवसीय खेलमा नेपाल अपराजित छ। प्रतियोगिताअघि भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई हराइसकेको छ।

त्यसैले मलेसियाविरुद्ध नेपालसँग मनोवैज्ञानिक फाइदा देखिन्छ। प्रिमियर कपको पहिलो संस्करणमा पनि नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

समूह चरणको तेस्रो खेलमा नेपालले भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ भने अन्तिम खेलमा भदौ २३ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

हङकङविरुद्ध भने नेपालको विगत त्यति सहज छैन। ५० ओभरका चार खेलमा नेपालले एक जित निकाल्दा हङकङले दुई खेल जितेको छ। एक खेल भने रद्द भएको थियो। साउदी अरेबियाविरुद्ध नेपालले खेलेका दुई खेलमध्ये एक जितेको छ भने अर्को खेल रद्द भएको थियो।

ओमान र युएईबाट ठूलो चुनौती

समूह ‘ए’ बाट नेपालले अगाडि बढ्ने सम्भावना बलियो देखिए पनि उपाधिको बाटोमा समूह ‘बी’ का बलिया टोली चुनौती बन्न सक्छन्। ओमान र युएई नेपालका मुख्य प्रतिस्पर्धी हुन्।

नेपालले घरेलु मैदानबाहिर खेल्नुपर्ने भएकाले परिस्थितिको चुनौती रहनेछ। तर‚ मलेसियाको पिचमा प्रतियोगिताअघि नै अभ्यास खेल खेलिसकेका कारण खेलाडी पूर्ण रूपमा अपरिचित अवस्थामा भने छैनन्।

यसपटकको प्रिमियर कपको महत्व अघिल्ला संस्करणभन्दा पनि फरक छ। सन् २०२४ को टी–२० ढाँचाको प्रतियोगिताबाट तीन टोली एसिया कपमा पुगेका थिए। युएई, ओमान र हङकङ छनोट हुँदा नेपाल भने चौथो स्थानमा रोकिएको थियो।

यसपटक त्यस्तो अवसर छैन। उपाधि जित्ने एउटै टोलीले मात्र एसिया कपको स्थान सुरक्षित गर्नेछ। त्यसैले नेपालका लागि मलेसियाको प्रत्येक खेल एसिया कपको यात्रासँग जोडिएको छ। समूह चरणमा गल्तीको स्थान कम हुनेछ, सेमिफाइनलमा दबाब बढ्नेछ र फाइनलमा उपाधिसँगै एसिया कपको टिकट दाउमा हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

Loading ad...
xTreme Energy Drink
एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा