आइतबार, २८ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालले सिंगापुरलाई १५१ रनले हरायो

आइतबार, २८ असार २०८३खेलपाटी संवाददाता
नेपालले सिंगापुरलाई १५१ रनले हरायो
Loading ad...
mustang rice ad

काठमाडौं। सना प्रवीनको शानदार अविजित ९८ रन र सावित्री धामीको अविजित ७८ रनको मद्दतमा नेपालले एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा सिंगापुरमाथि १५१ रनको फराकिलो जित निकालेको छ।

मलेसियाको बाँगीस्थित वाईएसडी यूकेएम ओभलमा आइतबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २०० रनको विशाल लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ४८ रन मात्रै बनाउन सक्यो।

त्यसअघि नेपालले निर्धारित २० ओभरमा कुनै पनि विकेट नगुमाई १९९ रनको विशाल योगफल तयार गरेको थियो।

नेपालका लागि सना प्रवीनले उत्कृष्ट ब्याटिङ गर्दै ७० बलमा १३ चौकासहित अविजित ९८ रन बनाइन्। उनी शतक पूरा गर्न केवल दुई रनले चुकिन्।

अर्की ब्याटर सावित्री धामीले पनि आक्रामक प्रदर्शन गर्दै ५३ बलमा १३ चौकासहित अविजित ७८ रनको योगदान दिइन्।

सना र सावित्रीले अविजित १९९ रनको साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुर्‍याएका थिए। नेपालले अतिरिक्तबाट २३ रन प्राप्त गर्‍यो।

विशाल लक्ष्य पछ्याएको सिंगापुरका ब्याटरले नेपाली बलिङसामु खुलेर खेल्न सकेनन्। सिंगापुरले निर्धारित ओभरमा ४८ रन मात्रै बनाएपछि नेपालले प्रतियोगितामा प्रभावशाली जित दर्ता गरेको हो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई हराएको थियो ।

Loading ad...
LiNing Ad
#nepalicricket#playernepal

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कतारमाथि नेपालको १०५ रनको शानदार जित

कतारमाथि नेपालको १०५ रनको शानदार जित

नेपालमा भारत ‘ए’सँग टी-२० सिरिज हुने

नेपालमा भारत ‘ए’सँग टी-२० सिरिज हुने

सबैभन्दा महँगो खेलाडी आसिफ

सबैभन्दा महँगो खेलाडी आसिफ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने

फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने

नेपालले सिंगापुरलाई १५१ रनले हरायो

नेपालले सिंगापुरलाई १५१ रनले हरायो

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

जर्मनीको मुख्य प्रशिक्षक बन्न क्लोप सहमत

जर्मनीको मुख्य प्रशिक्षक बन्न क्लोप सहमत

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

फ्रान्सलाई यमलको चेतावनी, ‘हामीसँग डराउनुपर्ने उनीहरूले हो’

फ्रान्सलाई यमलको चेतावनी, ‘हामीसँग डराउनुपर्ने उनीहरूले हो’

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

विश्वकप क्वार्टरफाइनलमा दुई रोमाञ्चक भिडन्त

विश्वकप क्वार्टरफाइनलमा दुई रोमाञ्चक भिडन्त