कतारमाथि नेपालको १०५ रनको शानदार जित
शनिबार, २७ असार २०८३खेलपाटी संवाददाता

काठमाडौं। एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा नेपाली महिला टोलीले विजयी सुरुआत गरेको छ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १३० रन बनाएको थियो।
जितका लागि १३१ रनको लक्ष्य पछ्याएको कतारको टोली १२ ओभरमा मात्र २५ रनमा समेटियो।
नेपालले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा प्रभावशाली प्रदर्शन गर्दै प्रतियोगितामा महत्त्वपूर्ण दुई अंक जोडेको छ।
यो शानदार जितसँगै नेपाली यू–१९ महिला टोलीले उपाधि यात्रामा बलियो सुरुआत गरेको छ।
#cricketaccu19cricket














