शनिबार, २७ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’

शनिबार, २७ असार २०८३खेलपाटी संवाददाता
स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’
Loading ad...
mustang rice ad

काठमाडौं। लस एन्जलसमा भएको रोमाञ्चक क्वार्टरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। लुइस डे ला फुएन्तेको प्रशिक्षणमा रहेको स्पेन अब फाइनल प्रवेशका लागि अर्को युरोपेली फुटबल महाशक्ति फ्रान्ससँग भिड्नेछ।

पहिलो क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै यसअघि नै अन्तिम चारमा स्थान बनाइसकेको थियो। अब बेल्जियमलाई हराउँदै स्पेन पनि सेमिफाइनलमा पुगेपछि युरोपका दुई शक्तिशाली टोलीबीचको बहुप्रतीक्षित भिडन्त तय भएको छ। सेमिफाइनल खेल आगामी जुलाई १५ मा हुनेछ।

बेल्जियमविरुद्ध स्पेनले पहिलो हाफमै फाबियन रुइजको गोलमार्फत अग्रता लिएको थियो। तर चार्ल्स डे केटेलारेले बराबरी गोल फर्काउँदै बेल्जियमलाई खेलमा फर्काए। दोस्रो हाफमा भने बेल्जियमले ठूलो धक्का बेहोर्‍यो, जब पहिलो रोजाइका गोलरक्षक थिबो कोर्टुवा चोटका कारण मैदानबाट बाहिरिन बाध्य भए। त्यसको फाइदा उठाउँदै खेलको अन्त्यतिर मिकेल मेरिनोले डिबक्सभित्रको रिबाउन्ड बललाई उत्कृष्ट रूपमा गोलमा परिणत गर्दै स्पेनलाई २–१ को जित दिलाए।

हालसम्म प्रतियोगितामा अपराजित रहेको फ्रान्स र उत्कृष्ट लयमा रहेको स्पेनबीचको सेमिफाइनललाई धेरैले ‘फाइनलअघिको फाइनल’ का रूपमा हेरेका छन्। एकातिर किलियन एम्बाप्पेको तीव्र गतिमा आधारित फ्रान्स, अर्कोतर्फ लामिन यमलको नेतृत्वमा आकर्षक टिकी–टाका शैलीमा खेलिरहेको स्पेन। यी दुई युरोपेली फुटबल शक्तिबीचको बहुप्रतीक्षित भिडन्त हेर्न विश्वभरका फुटबल समर्थक उत्साहित छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पेन सेमिफाइनलमा

स्पेन सेमिफाइनलमा

एकै खेलमा दुई ‘अभिशाप’ अन्त्य गर्ने लक्ष्यमा स्पेन

एकै खेलमा दुई ‘अभिशाप’ अन्त्य गर्ने लक्ष्यमा स्पेन

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’

स्पेन सेमिफाइनलमा

स्पेन सेमिफाइनलमा

एकै खेलमा दुई ‘अभिशाप’ अन्त्य गर्ने लक्ष्यमा स्पेन

एकै खेलमा दुई ‘अभिशाप’ अन्त्य गर्ने लक्ष्यमा स्पेन

नेपालमा भारत ‘ए’सँग टी-२० सिरिज हुने

नेपालमा भारत ‘ए’सँग टी-२० सिरिज हुने

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा