शुक्रबार, २६ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

शुक्रबार, २६ असार २०८३खेलपाटी संवाददाता
फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार
Loading ad...
mustang rice ad

काठमाडौं। सन् १९९८ र २०१८ को विश्वकप विजेता फ्रान्सले फेरि एकपटक उत्कृष्ट खेलाडीहरूको बलियो टोली निर्माण गरेको छ।

प्रभावशाली प्रदर्शन गरिरहेको फ्रान्सलाई सन् २०२६ को विश्वकप उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ।

फ्रान्सले बिहीबार मोरक्कोलाई २–० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो। मोरक्कोविरुद्धको जितसँगै फ्रान्सले आफूलाई रोक्न कठिन हुने टोलीका रूपमा पुनः प्रमाणित गरेको छ।

दुईपटक विश्वकप र दुईपटक युरोपियन च्याम्पियनसिप जितिसकेको फ्रान्सले यसपटक पनि प्रतिभाशाली खेलाडीहरूको सन्तुलित टोली उतारेको छ। प्रशिक्षक डिडिएर डेसच्याम्पको अन्तिम प्रतियोगिता मानिएको यस विश्वकपमा वर्तमान टोली फ्रान्सको इतिहासकै उत्कृष्ट टोली बन्न सक्ने चर्चा सुरु भएको छ।

फ्रान्सले जुलाई १९ मा उपाधि जितेमा वर्तमान टोलीले ‘फ्रान्सको सर्वकालीन उत्कृष्ट टोली’ भएको दाबीलाई थप बलियो बनाउनेछ।

सन् १९९८ को विश्वकप फाइनलमा ब्राजिललाई ३–० ले हराउँदा फ्रान्सेली टोलीका सदस्य रहेका पूर्वमिडफिल्डर प्याट्रिक भिएराले वर्तमान टोली महान् बन्ने संघारमा रहेको बताएका छन्।

भिएराले भने, “हामी खेलाडीहरूको एउटा विशेष पुस्ताका बारेमा कुरा गरिरहेका छौँ। टोलीमा रहेका आक्रामक खेलाडीहरूलाई हेर्दा यो सम्भवतः फ्रान्सको उत्कृष्ट पुस्तामध्ये एक हो। यहाँ धेरै स्तरीय खेलाडी छन्, जुन अविश्वसनीय छ।”

बोस्टनमा भएको क्वार्टरफाइनलमा फ्रान्सले दोस्रो हाफको छ मिनेटभित्र दुई गोल गर्दै मोरक्कोलाई पराजित गरेको थियो। किलियन एम्बाप्पेले फ्रान्सलाई अग्रता दिलाएको केही समयपछि बालोन डी’ओर विजेता उस्मान डेम्बेलेले दोस्रो गोल गरेका थिए।

पहिलो हाफमा पेनाल्टीमा चुकेका एम्बाप्पेले दोस्रो हाफमा उत्कृष्ट गोल गर्दै गल्ती सच्याएका थिए। जारी प्रतियोगितामा उनको यो आठौँ गोल हो।

एम्बाप्पे अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग सर्वाधिक गोलकर्ताको सूचीमा बराबरीमा पुगेका छन्। तर, बढी असिस्ट गरेका कारण गोल्डेन बुटको दौडमा एम्बाप्पे अगाडि छन्।

डेम्बेलेले पनि यस विश्वकपमा पाँच गोल गरिसकेका छन्। पछिल्लो ५० वर्षमा एउटै विश्वकपमा दुई खेलाडीले पाँच वा त्यसभन्दा बढी गोल गरेको फ्रान्स दोस्रो टोली बनेको छ।

यसअघि सन् २००२ को विश्वकपमा ब्राजिलका रोनाल्डोले आठ र रिभाल्डोले पाँच गोल गरेका थिए।

मोरक्कोविरुद्धका दुई गोलसँगै फ्रान्सले जारी प्रतियोगितामा गरेको कुल गोल संख्या १६ पुगेको छ। यो प्रतियोगितामा कुनै पनि टोलीले गरेको सर्वाधिक गोल हो। यद्यपि, बाँकी तीन क्वार्टरफाइनल खेल हुन अझै बाँकी छन्।

स्कटल्यान्डका पूर्वस्ट्राइकर प्याट नेभिनले फ्रान्सलाई प्रतियोगिताकै सबैभन्दा कुशल र खतरनाक आक्रामक टोलीको संज्ञा दिएका छन्।

बीबीसीसँग उनले भने, “फ्रान्स प्रतियोगिताकै उत्कृष्ट, सबैभन्दा कुशल र सबैभन्दा खतरनाक आक्रामक टोली हो। उनीहरूसँग एउटामात्र होइन, दुई, तीन वा चार खेलाडी छन्, जसले जुनसुकै बेला खतरा सिर्जना गर्न सक्छन्।”

आक्रामक खेलाडीहरूको उत्कृष्ट लय र टोलीमा उपलब्ध विकल्पका कारण फ्रान्स लगातार दोस्रोपटक विश्वकप फाइनल पुग्दै तेस्रो विश्व उपाधि जित्ने बलियो दाबेदार बनेको छ।

Loading ad...
LiNing Ad
#france#worldcupfootball

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फ्रान्स र मोरक्को आमनेसामने

फ्रान्स र मोरक्को आमनेसामने