शुक्रबार, २६ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

शुक्रबार, २६ असार २०८३खेलपाटी संवाददाता
एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं। किलियन एम्बाप्पेले जारी विश्वकपमा आफ्नो आठौँ गोल गरेपछि फ्रान्सले मोरक्कोलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

पहिलो हाफमा म्यानचेस्टर युनाइटेडका रक्षक नुसैर मजरावीले एम्बाप्पेमाथि फाउल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। तर, एम्बाप्पेको कमजोर प्रहारलाई मोरक्कोका गोलरक्षक यासिन बोनोउले सहजै बचाए।

पेनाल्टीमा चुकेका एम्बाप्पेले दोस्रो हाफमा भने गल्ती सच्याए। खेलको ६०औँ मिनेटमा उनले पेनाल्टी क्षेत्रको ठीक भित्रबाट उत्कृष्ट घुमाउरो प्रहार गर्दै फ्रान्सलाई अग्रता दिलाए।

त्यसको छ मिनेटपछि बालोन डी’ओर विजेता उस्मान डेम्बेलेले फ्रान्सको अग्रता दोब्बर बनाए। मोरक्कोको रक्षापंक्ति चिर्दै अघि बढेका डेम्बेलेको तल्लो प्रहारमा बोनोउले हात लगाए पनि बललाई जाली चुम्नबाट रोक्न सकेनन्।

एम्बाप्पेको गोलसँगै उनले जारी प्रतियोगितामा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग आठ गोलको बराबरी गरेका छन्। तर, बढी असिस्ट गरेका कारण एम्बाप्पे गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन्।

विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने दौडमा पनि एम्बाप्पे र मेस्सीबीच रोमाञ्चक प्रतिस्पर्धा जारी छ। २७ वर्षीय एम्बाप्पेको विश्वकप गोल संख्या २० पुगेको छ भने ३९ वर्षीय मेस्सीको नाममा कीर्तिमानी २१ गोल छन्।

दुईपटकको विश्वविजेता फ्रान्सले अब मंगलबार अमेरिकाको डलासमा हुने सेमिफाइनलमा स्पेन वा बेल्जियममध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

फ्रान्स सन् २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

Loading ad...
LiNing Ad
#francewinnerfootball

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फ्रान्स र मोरक्को आमनेसामने

फ्रान्स र मोरक्को आमनेसामने