शनिबार, २७ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अर्जेन्टिनाको क्वार्टरफाइनल खेलमा पोर्चुगिज रेफ्री

शनिबार, २७ असार २०८३खेलपाटी संवाददाता
अर्जेन्टिनाको क्वार्टरफाइनल खेलमा पोर्चुगिज रेफ्री
Loading ad...
mustang rice ad

काठमाडौं। अन्तिम १६ को खेलमा नाटकीय पुनरागमनभन्दा पनि फ्रान्सेली रेफ्री फ्राँस्वा लेटेक्सिएरका निर्णयका कारण चर्चामा आएका थिए।

अब अर्जेन्टिनाको अर्को खेलअघि रेफ्री को हुने भन्ने विषयमा धेरैको चासो थियो। स्विट्जरल्यान्डविरुद्ध हुने क्वार्टरफाइनल खेलको जिम्मेवारी पोर्चुगलका रेफ्री जोआँ पिन्हेइरोले पाएका छन्।

पिन्हेइरो खेल सुरु हुनुअघि नै आफ्नो रेफ्रिङ शैलीका कारण चर्चामा छन्। कारण, आफ्नो करिअरमा उनले करिब दुई हजार पहेँलो कार्ड देखाइसकेका छन्। ट्रान्सफरमार्कटको तथ्यांकअनुसार उनले हालसम्म एक हजार ९८५ वटा पहेँलो कार्ड दिएका छन्।

सन् २०१६ देखि अन्तर्राष्ट्रिय स्तरमा रेफ्रीको भूमिका निभाइरहेका ४७ वर्षीय पिन्हेइरोले हालसम्म ४४२ खेल खेलाएका छन्। यस अवधिमा उनले प्रतिखेल औसत ४.४९ वटा पहेँलो कार्ड देखाएका छन्।

यति मात्र होइन, उनले आफ्नो करिअरमा ८४ वटा रातो कार्ड पनि दिएका छन्, अर्थात् प्रतिखेल औसत ०.१९ रातो कार्ड। साथै उनले हालसम्म १४९ पेनाल्टी दिएका छन्।

यद्यपि, यस विश्वकपमा भने पिन्हेइरो अपेक्षाकृत संयमित देखिएका छन्। उनले प्रतियोगितामा अहिलेसम्म दुई खेल सञ्चालन गरेका छन्। समूह चरणमा बोस्नियाविरुद्ध स्विट्जरल्यान्डको ४–१ को जित र अन्तिम ३२ मा क्यानडाविरुद्ध दक्षिण अफ्रिकाको १–० को जितमा उनी मुख्य रेफ्री थिए।

बोस्नियाविरुद्धको खेलमा उनले विश्वकप करिअरकै पहिलो रातो कार्ड देखाएका थिए। साथै, इन्जुरी समयमा दिएको पेनाल्टीबाट ग्रानिट जाकाले गोल गरेका थिए। दुवै निर्णय स्विट्जरल्यान्डको पक्षमा गएका थिए। आगामी खेल भने अर्जेन्टिनाको उनको पहिलो रेफ्रिङ हुने छ।

पिन्हेइरोलाई मैदानमा उनका दुई पोर्चुगिज सहायक रेफ्री ब्रुनो जेसुस र लुसियानो माइयाले साथ दिनेछन्।

त्यसैगरी, चौथो अधिकारीका रूपमा क्यानडाका ड्रु फिसर रहनेछन् भने रिजर्भ सहायक रेफ्रीको जिम्मेवारी पनि क्यानडाकै माइकल बारवेगेनले सम्हाल्नेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकप क्वार्टरफाइनलमा दुई रोमाञ्चक भिडन्त

विश्वकप क्वार्टरफाइनलमा दुई रोमाञ्चक भिडन्त

विश्वकपमा किन ‘ब्राउट हालान्ड’ लेखिएको जर्सी लगाउँछन् हालान्ड?

विश्वकपमा किन ‘ब्राउट हालान्ड’ लेखिएको जर्सी लगाउँछन् हालान्ड?

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

विश्वकप क्वार्टरफाइनलमा दुई रोमाञ्चक भिडन्त

विश्वकप क्वार्टरफाइनलमा दुई रोमाञ्चक भिडन्त

कतारमाथि नेपालको १०५ रनको शानदार जित

कतारमाथि नेपालको १०५ रनको शानदार जित

अर्जेन्टिनाको क्वार्टरफाइनल खेलमा पोर्चुगिज रेफ्री

अर्जेन्टिनाको क्वार्टरफाइनल खेलमा पोर्चुगिज रेफ्री

विश्वकपमा किन ‘ब्राउट हालान्ड’ लेखिएको जर्सी लगाउँछन् हालान्ड?

विश्वकपमा किन ‘ब्राउट हालान्ड’ लेखिएको जर्सी लगाउँछन् हालान्ड?

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा