शुक्रबार, ०५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

एक्स्ट्रिम एनपीएलका ६ फ्रेन्चाइज टोलीको मुख्य प्रायोजक

सोमबार, २२ असार २०८३खेलपाटी संवाददाता
एक्स्ट्रिम एनपीएलका ६ फ्रेन्चाइज टोलीको मुख्य प्रायोजक
Loading ad...
mustang rice ad

काठमाडौं। एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम एनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि ६ वटा फ्रेन्चाइज टोलीसँग मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको छ।

कम्पनीले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो।

कम्पनीका अनुसार नेपाली खेलकुदको व्यावसायिक इतिहासमा निजी क्षेत्रबाट भएको यो सम्भवतः सबैभन्दा ठूलो प्रायोजन साझेदारी हो।

एक्स्ट्रिम एनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको हो।

सोमबार आयोजित विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि तथा एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया राणाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार एक्स्ट्रिम एनर्जी ड्रिंक्स सम्बन्धित टोलीहरूको मुख्य प्रायोजकका रूपमा आगामी तीन वर्षसम्म रहनेछ। यस अवधिमा सम्बन्धित टोलीहरूको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम एनर्जी ड्रिंक्सको लोगो रहनेछ।

कम्पनीका अनुसार यस सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता एनपीएलमार्फत ब्रान्डलाई अझ सशक्त रूपमा दर्शकमाझ स्थापित गर्नुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रमका प्रमुख अतिथि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एक्स्ट्रिम एनर्जी ड्रिंक्स र एनपीएलका फ्रेन्चाइज टोलीहरूबीच भएको सहकार्यले नेपाली क्रिकेटको दिगो विकास, खेलाडीहरूको उज्ज्वल भविष्य निर्माण तथा समग्र क्रिकेट संरचनालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स म्यानेजर कृष्ण दाहालले भने, "नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो। यस प्रतियोगिताका ६ वटा फ्रेन्चाइज टोलीसँग मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो। यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि मात्र नभई नेपाली क्रिकेटको दीर्घकालीन विकासप्रतिको हाम्रो प्रतिबद्धता पनि हो।"

एक्स्ट्रिम एनर्जी ड्रिंक्सले विगत केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ।

कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक हुनुका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथन तथा अन्य राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सक्रिय रूपमा सहकार्य गर्दै आएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

देवको शतकमा नेपालको लगातार जित

देवको शतकमा नेपालको लगातार जित

रुटले भेटे सचिनको  कीर्तिमान

रुटले भेटे सचिनको कीर्तिमान

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

Loading ad...
xTreme Energy Drink
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

देवको शतकमा नेपालको लगातार जित

देवको शतकमा नेपालको लगातार जित

रुटले भेटे सचिनको  कीर्तिमान

रुटले भेटे सचिनको कीर्तिमान

पौडेल सचिवमा मनोनित

पौडेल सचिवमा मनोनित

बास्केटबल टोली युएई जाने

बास्केटबल टोली युएई जाने

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

पवनको अर्धशतक चुकेपछि नेपालले बनायो १२२ रन

पवनको अर्धशतक चुकेपछि नेपालले बनायो १२२ रन

यमललाई भित्र्याउन चाहँदैन रियल

यमललाई भित्र्याउन चाहँदैन रियल