मंगलबार, ३० असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

मंगलबार, ३० असार २०८३खेलपाटी संवाददाता
यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार
Loading ad...
mustang rice ad

काठमाडौं। विश्व फुटबलका दुई शक्तिशाली राष्ट्र फ्रान्स र स्पेन मंगलबार अमेरिकाको डलासमा आमनेसामने हुँदैछन्। विश्वकपको फाइनलमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रने यी दुई टोलीको सेमिफाइनल भिडन्तमा फ्रान्सका कप्तान किलियन एमबाप्पे र स्पेनका युवा स्टार लामिन यामाल मुख्य आकर्षण रहनेछन्।

सन् २०१८ को विश्वकप विजेता फ्रान्स लगातार तेस्रोपटक फाइनल पुग्ने प्रयासमा छ। यता, सन् २०१० को विश्वकप विजेता तथा वर्तमान युरोपियन च्याम्पियन स्पेन एकै समयमा विश्व र युरोपियन उपाधि आफ्नो नाममा राख्ने चौथो राष्ट्र बन्ने अभियानमा छ।

दुवै टोलीमा विश्वस्तरीय खेलाडीको भरमार भए पनि सेमिफाइनलअघि सबैभन्दा बढी चर्चा एमबाप्पे र यामालबीचको प्रतिस्पर्धाको भइरहेको छ।

एमबाप्पेको कीर्तिमानी विश्वकप अभियान

केलियन एमबाप्पेले सन् २०१८ को विश्वकपबाट अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो प्रभावशाली उपस्थिति देखाएका थिए। अर्जेन्टिनाविरुद्ध अन्तिम १६ को खेलमा दुई गोल गर्दै फ्रान्सलाई जित दिलाएका उनले सोही प्रतियोगितामा टोलीलाई विश्व च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

आठ वर्षपछि एमबाप्पे विश्व फुटबलका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एकका रूपमा स्थापित भइसकेका छन्। गत सिजन रियल मड्रिडका लागि ४४ खेलमा ४२ गोल गरेका उनी ला लिगा र च्याम्पियन्स लिग दुवै प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका थिए।

जारी विश्वकपमा पनि उनको उत्कृष्ट लय कायम छ। उनले ६ खेलमा आठ गोल गर्दै अर्जेन्टिनाका लियोनल मेस्सीसँगै गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन्। तीन असिस्टसमेत गरेका एमबाप्पेले प्रतियोगितामा सर्वाधिक ११ गोलमा प्रत्यक्ष योगदान दिएका छन्।

विश्वकपमा एमबाप्पेको कुल गोल संख्या १९ पुगेको छ। उनी जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजेको १६ गोलको पुरानो कीर्तिमान पार गरिसकेका छन्। हाल उनीभन्दा अगाडि २० गोल गरेका मेस्सी मात्र छन्।

२७ वर्षीय एमबाप्पेले यसै प्रतियोगितामा ओलिभर जिरुडलाई पछि पार्दै फ्रान्सका सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। उनले फ्रान्सका लागि १०४ खेलमा ६४ गोल गरेका छन्।

फ्रान्सका पूर्व स्ट्राइकर जिरुडका अनुसार एमबाप्पेको सफलताका मुख्य आधार उनको आत्मविश्वास र महत्त्वाकांक्षा हुन्। कम उमेरदेखि नै आफ्नो लक्ष्यबारे स्पष्ट रहेका एमबाप्पे अहिले गोल मात्र होइन, टोलीका लागि रक्षात्मक जिम्मेवारीसमेत पूरा गरिरहेका छन्।

यसअघि बलविहीन अवस्थामा पर्याप्त दौड नगरेको र टोलीको सामूहिक संरचनामा कम योगदान दिएको आरोप खेपेका एमबाप्पेले जारी विश्वकपमा आफ्नो खेल शैली परिवर्तन गरेका छन्। विपक्षी क्षेत्रमा दबाब सिर्जना गर्ने र बल पुनः प्राप्त गर्ने फ्रान्सको रणनीतिमा उनको भूमिका पनि महत्त्वपूर्ण देखिएको छ।

फ्रान्सेली फुटबलका महान खेलाडी जिनेदिन जिदान र मिचेल प्लाटिनीको स्तरमा पुग्न एमबाप्पेलाई अझै केही समय लाग्ने भए पनि करियरको अन्त्यसम्म उनी फ्रान्सकै महान खेलाडी बन्न सक्ने विश्वास गरिएको छ।

यामालका लागि ठूलो मञ्चमा चम्किने अवसर

सोमबार मात्र १९ वर्ष पूरा गरेका लामिन यामाल अहिले विश्व फुटबलका उत्कृष्ट युवा फरवार्डमध्ये एक हुन्।

बार्सिलोनाबाट प्रभावशाली प्रदर्शन गरेपछि स्पेनको युरो २०२४ टोलीमा स्थान बनाएका यामालले आफ्नो पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामै टोलीलाई उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए। तर अप्रिलमा लागेको ह्यामस्ट्रिङ चोटका कारण विश्वकपको तयारी प्रभावित भएपछि उनले जारी प्रतियोगितामा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन्।

यामालले पाँच खेलमा सुरुआत गर्दै एक गोल मात्र गरेका छन्। एमबाप्पे, मेस्सी र जुड बेलिङ्घमजस्ता खेलाडीले प्रतियोगितामा निरन्तर प्रभाव छाडिरहँदा यामाल भने आफ्नो उत्कृष्ट लयको खोजीमा छन्।

स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले यामाललाई दबाब नलिई खेलको आनन्द लिन आग्रह गरेका छन्। उनका अनुसार यामालको सबैभन्दा ठूलो दिन जारी विश्वकपमा अझै आउन बाँकी छ।

यामाल र निको विलियम्स पूर्ण रूपमा फिट नहुँदा स्पेनले आफ्नो खेलशैलीमा पनि केही परिवर्तन गरेको छ। युरो २०२४ मा विंगबाट तीव्र र आक्रामक खेल खेलेको स्पेनले अहिले बल नियन्त्रण र रक्षात्मक सन्तुलनलाई बढी प्राथमिकता दिएको छ।

यसका कारण यामालले खुला स्थान कम पाइरहेका छन् भने विपक्षी टोलीले उनलाई रोक्न दुई वा तीन खेलाडी प्रयोग गरिरहेका छन्। यद्यपि, स्पेनलाई उनीबाट प्रत्येक खेलमा धेरै गोलभन्दा पनि निर्णायक क्षणमा विपक्षीको रक्षापंक्ति तोड्ने दुई–तीन उत्कृष्ट चाल आवश्यक छ।

बेल्जियमविरुद्धको क्वार्टरफाइनलमा यामालले स्पेनका अन्य खेलाडीभन्दा धेरै व्यक्तिगत प्रतिस्पर्धा जितेका थिए। डे ला फुएन्तेका अनुसार अब यामालले धेरै गोल गर्नुभन्दा ठूला खेलको निर्णायक क्षणमा प्रभाव छाड्नुपर्ने समय आएको छ।

बार्सिलोनामा यामाललाई सिनियर टोलीमा पहिलो अवसर दिएका प्रशिक्षक जाभीले उनको तुलना लियोनल मेस्सी, डिएगो म्याराडोना, पेले र ब्राजिलका रोनाल्डोजस्ता महान खेलाडीसँग गरेका छन्। दबाबको अवस्थामा स्पेनका खेलाडीले बारम्बार यामाललाई बल उपलब्ध गराउनु उनको बढ्दो प्रभावको प्रमाण हो।

Loading ad...
LiNing Ad
#worldcupfootball#khelpati

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

कुशलको शतक, जर्सीमाथि शानदार जित

कुशलको शतक, जर्सीमाथि शानदार जित

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा