विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने
सोमबार, २९ असार २०८३खेलपाटी संवाददाता

काठमाडौं । विशेष विक र सविन कुरमा दियालीले अम्मान एसियाली क्याडेट तथा जुुडो च्याम्पियनसिप खेल्ने भएका छन् । प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार जोर्डनको अम्मान प्रस्थान गरेको छ ।
जुलाइ १६ देखि १९ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि विशेष विक तथा ६० केजीमुनि सविनकुमार दियालीले प्रतिस्पर्धा गर्ने छन् ।
टिम व्यवस्थापकमा नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डे तथा प्रशिक्षकमा कविराम घर्ती मगर रहेका छन् । त्यस्तै जुडो संघका अध्यक्ष एवं जेयुएका एजुकेसन डाइरेक्टर दीपकहर्ष वज्राचार्य पनि अम्मान गएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले सामबारै एक कार्यक्रमबीच बिदाइ गरेकी छिन् ।
#judo#judonepal#judokhelpati






-1748333590.jpeg&w=3840&q=75)







