एन्जो सिटीमा लाग्ने

काठमाडौं। ट्रान्सफर विन्डो बन्द हुनुअघि म्यानचेस्टर सिटीले ठूलो सरप्राइज दिने तयारी गरेको छ।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार चेल्सीका अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई भित्र्याउन सिटी र चेल्सीबीच १०४ मिलियन युरोको ट्रान्सफर शुल्कमा मौखिक सहमति भएको छ।
२५ वर्षीय फर्नान्डेजले चेल्सी छाड्ने आफ्नो इच्छा क्लबसमक्ष व्यक्त गरिसकेको बताइएको छ। युरोपेली प्रतियोगितामा स्थान बनाउन नसकेको चेल्सीबाट अलग भएर सिटीमा जान उनी इच्छुक रहेको रिपोर्टमा उल्लेख छ।
सिटीमा आबद्ध भए फर्नान्डेजले आफ्ना पूर्वचेल्सी प्रशिक्षक एनजो मारिस्कासँग पुनः काम गर्ने अवसर पाउनेछन्। मारिस्का अहिले सिटीको टोलीसँग आबद्ध छन्।
रिपोर्टअनुसार मंगलबार दुई क्लबबीच १४० मिलियन युरोको आधारभूत ट्रान्सफर शुल्कमा सहमति बनेको हो। यस रकममा बोनस तथा अन्य एड–अनहरू भने समावेश गरिएको छैन।
फर्नान्डेजलाई अनुबन्ध गरेसँगै यस समरमा सिटीले १०० मिलियन युरोभन्दा बढी रकम खर्च गरेर भित्र्याएका मिडफिल्डरको संख्या तीन पुग्नेछ। यसअघि क्लबले इलियट एन्डरसन र आयुब बुआद्दीलाई पनि १०० मिलियन युरोभन्दा बढी रकममा अनुबन्ध गरिसकेको छ।
२०२२ को विश्वकप विजेता फर्नान्डेजले शनिबार कोभेन्ट्री सिटीविरुद्धको खेलबाट सिटीको जर्सीमा डेब्यु गर्न सक्ने सम्भावना रहेको बताइएको छ।












