नेपालको खराब सुरुआत
बुधबार, १७ भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा हार बेहोरेको छ।
बुधबार सम्पन्न खेलमा तास्मानियाले २ विकेटको जित हात पारेको हो। नेपाल ‘ए’ ले दिएको १९३ रनको लक्ष्य तास्मानियाले ४९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो।
तास्मानियाका टी ड्वायरले सर्वाधिक ६० रन बनाए। उनले ७८ बलमा ६ चौका र १ छक्का प्रहार गरे। आर म्याकमिलनले ५१ बलमा ३२ रन तथा एम कुहनम्यानले अविजित २३ रन बनाए। डब्लू प्रेस्टविजले ३० बलमा २३, जे गालियोटीले ५१ बलमा २४ र टी वार्डले १४ बलमा १२ रनको योगदान दिए।
नेपाल ‘ए’ का शाहब आलमले १० ओभरमा ४५ रन खर्चेर २ विकेट लिए। दीपक डुम्रेले ९.२ ओभरमा ३२ रन दिएर २ विकेट लिए। रिजन ढकाल, आकाश चन्द र पवन सर्राफले समान १ विकेट लिए।













