नेपालको मध्यम लक्ष्य
बुधबार, १७ भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाल ‘ए’ ले तास्मानियासामु १९३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल ‘ए’ ४३.३ ओभरमा १९२ रनमा अलआउट भएपछि तास्मानियाले जितका लागि १९३ रन बनाउनुपर्ने भएको हो।
नेपाल ‘ए’ का लागि त्रित राज दासले सर्वाधिक ३७ रन बनाए। उनले ६३ बलमा तीन चौका र एक छक्का प्रहार गरे। मयंक यादवले ५५ बलमा चार चौकासहित ३२ रन बनाए भने कुशल मल्लले ३४ बलमा एक चौका र एक छक्कासहित २९ रन जोडे।
पवन सर्राफ २२ रनमा अविजित रहे। दीपक प्रसाद डुम्रेले १८, कुशल भुर्तेलले १२, अनिल कुमार साहले ११ र लोकेश बमले ११ रन बनाए। युराज खत्रीले ४ रन जोडे भने सहाब आलम र रिजान ढकाल खाता खोल्न सकेनन्।
तास्मानियाका बलर बी स्टानलेकले चार विकेट लिए। डब्ल्यू प्रेस्टविजले दुई तथा आर म्याकमिलनले दुई विकेट लिए। एल क्लार्कले एक विकेट लिए।













-1788270833407.jpeg&w=3840&q=75)
