नेपालले टस जित्यो
सोमबार, १५ भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदैछ।
नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्। एकदिवसीय क्रिकेटमा नेपालले पहिलोपटक बहराइनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गर्न चाहन्छ।
जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने छन्। सोही कारण समूह चरणको चारवटै खेल महत्त्वपूर्ण हुनेछन्।











-1788105755828.jpeg&w=3840&q=75)


-1788059680773.webp&w=3840&q=75)