बिच भलिबल टोली भुटान जाने
मंगलबार, १६ भाद्र २०८३खेलपाटी संवाददाता
-1788270833407.jpeg&w=3840&q=75)
काठमाडौं। काभा बिच भलिबलमा सहभागी हुन नेपाली टोली बुधबार भुटानको थिम्पु जाने भएको छ।
भदौ १९ देखि २१ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष/महिला टोलीले प्रतिस्पर्धा गर्ने छन्। पुरुषमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा झमनसिंह दर्जी र शरण कार्कीको जोडीले खेल्ने छन्।
महिलातर्फ कमला पुन र कोपिला राना तथा सुनिता राई र भावना डाँगीको जोडीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा श्रीराम बोगटी तथा व्यवस्थापकमा जितेन्द्र श्रेष्ठ छन्।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दलगायतले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।















