कुशलको शतक, जर्सीमाथि शानदार जित

काठमाडौं । जर्सीविरुद्धको एकदिवसीय खेलमा नेपाल ८१ रनको विजयी बनेको छ । कुशल भुर्तेलको शतकको मदतमा नेपालले जर्सीलाई ८१ रनले हराएको हो ।
नेपालले प्रस्तुत गरेको २ सय ५१ रनको लक्ष्य पछ्याएको जर्सी ४१ ओभरमा १ सय ६९ रनमो समेटियो । मध्यक्रमका ब्याट्सम्यान चार्ली ब्रेननले ८२ रनको शानदार पाली खेलेपनि अन्यले खासै ब्याटिङ गर्न सकेनन् ।
नेपालका हेमन्त धामीले ४ तथा आरिफ शेखले ३, करन केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।
जर्सी भ्रमणमा रहेको नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर २ सय ५० रन बनायो ।
भुर्तेलले १ सय ५ रनको शानदार ईनिङ्स बनाएको खेलमा भिम सार्कीले ३९ र हेमन्त धामीले १९ रनको अविजित पाली खेलेका थिए ।
आशिफ शेखले १६, रोहित पौडेलले १५, ईशान पाण्डेले १ र आरिफ शेखले ११ रन बनाएका थिए ।
नेपालले पर्सी बुधबार दोस्रो तथा अन्तिम वान डे म्याच खेल्नेछ ।















