सोमबार, २९ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सन् २०३० को विश्वकपमा ६४ टोली?

सोमबार, २९ असार २०८३खेलपाटी संवाददाता
सन् २०३० को विश्वकपमा ६४ टोली?
Loading ad...
mustang rice ad

काठमाडौं। फिफा विश्वकप अझ ठूलो हुने संकेत देखिएको छ। ३२ टोलीबाट ४८ टोलीमा विस्तार गरेपछि अब ६४ टोली सहभागी हुने विश्वकपको सम्भावनाबारे छलफल सुरु भएको छ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३० को विश्वकप ६४ टोलीको ढाँचामा आयोजना हुन सक्ने बताएका छन्। यद्यपि, यो प्रस्ताव अहिले प्रारम्भिक छलफलको चरणमा मात्रै रहेको उनले स्पष्ट पारे।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुने सन् २०२६ को विश्वकप पहिलो पटक ४८ टोलीको नयाँ ढाँचामा आयोजना भइरहेको छ। यसअघि सन् १९९८ देखि २०२२ सम्म विश्वकपमा ३२ टोलीले मात्र सहभागिता जनाउँदै आएका थिए। तर विश्वकपको शतवार्षिकी संस्करणलाई अझ भव्य बनाउन ६४ टोलीको प्रस्ताव फिफासमक्ष पुगेको छ।

ऐतिहासिक सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा आयोजना हुनेछ। उद्घाटन चरणका खेलहरू पहिलो विश्वकप आयोजक उरुग्वे, वर्तमान विश्व विजेता अर्जेन्टिना तथा कोन्मेबोल मुख्यालय रहेको पाराग्वेमा हुनेछन्। त्यसपछि बाँकी खेलहरू मोरक्को, स्पेन र पोर्चुगलमा सञ्चालन गरिनेछन्।

स्विस सञ्चारमाध्यम ब्लुइनसँगको अन्तर्वार्तामा इन्फान्टिनोले सन् २०२६ को विश्वकप समाप्त भएपछि ६४ टोलीको ढाँचाबारे फिफाका सम्बन्धित समितिहरूले विस्तृत छलफल गर्ने जानकारी दिए। उनका अनुसार विश्वकप केवल युरोप वा दक्षिण अमेरिकाको प्रतियोगिता नभई सम्पूर्ण विश्वको साझा उत्सव हो।

इन्फान्टिनोको विश्वास छ कि थप राष्ट्रहरूलाई विश्वकपमा अवसर प्रदान गरिए विश्व फुटबलको विकास अझ तीव्र हुनेछ। उनका अनुसार साना राष्ट्रहरूले विश्वकपमा पुग्ने वास्तविक सम्भावना देखेपछि उनीहरूले आफ्नो फुटबल पूर्वाधार र विकास कार्यक्रममा थप लगानी गर्नेछन्।

फिफा अध्यक्षले ४८ टोलीको विश्वकप लागू गर्ने निर्णय ‘शतप्रतिशत सफल’ भएको दाबी गरेका छन्। तर टोली संख्या बढाउने निर्णयको आलोचना पनि भइरहेको छ। आलोचकहरूका अनुसार यसले विश्वकप छनोट प्रतियोगिताको महत्त्व घटाउन सक्छ र मुख्य प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तरमा पनि असर पर्न सक्छ।

यसअघि फिफाले विश्वकपलाई प्रत्येक चार वर्षको सट्टा दुई–दुई वर्षमा आयोजना गर्ने प्रस्तावसमेत अघि सारेको थियो। तर व्यापक विवाद र आलोचनापछि उक्त योजना स्थगित गरिएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यी हुन् विश्वकप २०२६ का ५ उत्कृष्ट खेल

यी हुन् विश्वकप २०२६ का ५ उत्कृष्ट खेल

विश्वकपमा गोल गर्ने अवसर गुमाएपछि फुटबलरलाई ज्यान मार्ने धम्की

विश्वकपमा गोल गर्ने अवसर गुमाएपछि फुटबलरलाई ज्यान मार्ने धम्की

इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सन् २०३० को विश्वकपमा ६४ टोली?

सन् २०३० को विश्वकपमा ६४ टोली?

यी हुन् विश्वकप २०२६ का ५ उत्कृष्ट खेल

यी हुन् विश्वकप २०२६ का ५ उत्कृष्ट खेल

विश्वकपमा गोल गर्ने अवसर गुमाएपछि फुटबलरलाई ज्यान मार्ने धम्की

विश्वकपमा गोल गर्ने अवसर गुमाएपछि फुटबलरलाई ज्यान मार्ने धम्की

इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा

अर्जेन्टिना किन कालो आर्मब्यान्ड लगाएर मैदानमा उत्रियो?

अर्जेन्टिना किन कालो आर्मब्यान्ड लगाएर मैदानमा उत्रियो?

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’

क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’