आइतबार, २८ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’

आइतबार, २८ असार २०८३खेलपाटी संवाददाता
क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’
Loading ad...
mustang rice ad

काठमाडौं। ३–१ को नतिजा हेर्दा अर्जेन्टिनाले सहज जित निकालेको जस्तो देखिए पनि खेलको वास्तविक चित्र फरक थियो।

१० खेलाडीमा सीमित भएको स्विट्जरल्यान्डविरुद्ध निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएको थियो। अतिरिक्त समयको पहिलो हाफसम्म पनि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अग्रता लिन सकेन। तर अन्तिम १५ मिनेटमा जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले गोल गर्दै टोलीलाई ३–१ को महत्त्वपूर्ण जित दिलाए।

यस जितसँगै अर्जेन्टिनाले विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलपछि कप्तान लिओनल मेसीले टोलीको प्रदर्शनप्रति खुसी व्यक्त गरे।

अघिल्लो चरणमा इजिप्टविरुद्ध पछाडि परेको अवस्थाबाट रोमाञ्चक जित निकालेपछि भावुक बनेका मेसी यसपटक भने निकै उत्साहित देखिए। अन्तिम सिटीसँगै उनले जर्सी फुकालेर टोलीका साथीहरूसँग विजयोत्सव मनाएका थिए।

खेलपछि मेसीले भने, ‘यो जितले मलाई निकै खुशी बनाएको छ। यो जित सजिलो थिएन, हामीले धेरै संघर्ष गर्नुपर्‍यो।’

उनले थपे, ‘हामीलाई सुरुदेखि नै थाहा थियो कि यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ।’

क्वार्टरफाइनलको चुनौती पार गर्नु राहतको विषय भएको उल्लेख गर्दै मेसीले भने, ‘अब अगाडि अझ कठिन खेल छ। त्यसअघि यो जित हाम्रो आत्मविश्वासका लागि निकै महत्त्वपूर्ण हो। यसले आगामी खेलको तयारी केही सहज बनाउनेछ।’

अब अर्जेन्टिनाले आगामी बुधबार एटलान्टामा हुने सेमिफाइनलमा परम्परागत प्रतिद्वन्द्वी इंग्ल्यान्डसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने

फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’

क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’

फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने

फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने

नेपालले सिंगापुरलाई १५१ रनले हरायो

नेपालले सिंगापुरलाई १५१ रनले हरायो

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

जर्मनीको मुख्य प्रशिक्षक बन्न क्लोप सहमत

जर्मनीको मुख्य प्रशिक्षक बन्न क्लोप सहमत

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

फ्रान्सलाई यमलको चेतावनी, ‘हामीसँग डराउनुपर्ने उनीहरूले हो’

फ्रान्सलाई यमलको चेतावनी, ‘हामीसँग डराउनुपर्ने उनीहरूले हो’