शतप्रतिशत जित सहित नेपाल समूह विजेता
मंगलबार, ३० असार २०८३खेलपाटी संवाददाता

काठमाडौं । शतप्रतिशत जित सहित नेपाल एसीसी वुमन्स यू्–१९ प्रिमियर कप क्रिकेटको समूह विजेता बनेको छ ।
समूह चरणको अन्तिम खेलमा नेपालले हङकङ चाइनालाई १ सय ८१ रनले हराउँदै नेपाल स मूह विजेता बनेको हो ।
नेपालले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको हङकङ ३० रनमा अलआउट भयो । नेपालकी सोनिया पाख्रिनले सर्वाधिक ४ विकेट लिईन् । अनिशा उपाध्यायले २ तथा कृष्मा गुरुङले १ विकेट लिईन् ।
सुरुवातमा ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर २ सय ११ रन बनायो । कप्तान सोनी पाख्रिनले ९० रन बनाएको इनिङ्समा साबित्री धामीले ५२ रनको योगदान दिईन् । अलिसा यादवले २३ रन जोडिन् ।
नेपालले समूह चरणमा कतार र सिंगापुरलाई फराकिलो अन्तरले हराएको थियो ।
#cricketnepal#khelpaticricket














