बुधबार, ३१ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

बुधबार, ३१ असार २०८३खेलपाटी संवाददाता
खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय
Loading ad...
mustang rice ad

काठमाडौँ । सरकारले लामो समयदेखि अन्तराष्ट्रिय पदक विजेता खेलाडीको रोकिएको पुरस्कार रकम दिने निर्णय गरेको छ ।

मन्त्री परिषद्को बैठकले विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेलाडी टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो ।

बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गर्ने निर्णय गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयले खेलाडीको सम्मान र प्रोत्साहनका लागि नगद पुरस्कारसहित सम्मान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो । सोही प्रस्तावका आधारमा सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी तथा खेलाडी टोलीलाई सम्मान गर्न लागेको हो ।

मन्त्रालयका अनुसार राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ दोस्रो संशोधन, २०८२ अनुसार खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितको टोलीलाई कुल १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

यसअघि पनि अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्दै आइए पनि यो हालसम्मकै सबैभन्दा ठुलो नगद पुरस्कार राशि हो । सरकारले खेलाडी तथा खेलाडी टोलीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक यति ठुलो रकम पुरस्कार स्वरूप प्रदान गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितका १०१ जनालाई नगद पुरस्कारसहित सम्मान गरिनेछ ।

प्रस्तावित पुरस्कार सूचीमा मालदिभ्समा सम्पन्न १५औँ विश्व बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२४ का पदक विजेता चार खेलाडी समावेश छन् । त्यसैगरी, भारतमा सम्पन्न प्रथम खो–खो विश्वकप–२०२५ मा रजत पदक जित्ने महिला टोलीका १८ तथा पुरुष टोलीका १८ खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, युडब्लु एसियन बेल्ट रेस्लिङ–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, मलेसियामा सम्पन्न १०औँ एसियाली पारा तेक्वान्दो प्रतियोगिता–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, चीनमा सम्पन्न छैटौँ एसियन बीच गेम्स–२०२६ अन्तर्गत बीच कबड्डी महिला टोलीका कांस्य पदक विजेता सात खेलाडी तथा मलेसियामा सम्पन्न एसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ का स्वर्ण पदक विजेतासहित १७ खेलाडीलाई पनि मन्त्रालयले पुरस्कृत गर्नेछ ।

यस्तै, थाइल्यान्डमा सम्पन्न ५७औँ बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२५ का कांस्य पदक विजेता एक खेलाडी, श्रीलंकामा सम्पन्न एसियन प्यासिफिक मोटरस्पोर्ट च्याम्पियनसिप–२०२५ का स्वर्ण पदक विजेता एक खेलाडी, बहराइनमा सम्पन्न आइएसएफ जिम्नासियाड–२०२४ का स्वर्ण र कांस्य पदक विजेता नौ खेलाडी तथा ओमानमा सम्पन्न एसिसी मेन्स इस्ट जोन क्वालिफायर–२०२४मा स्वर्ण पदक जित्दै विश्वकपमा छनोट भएका २० खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा तयार गरिएको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सम्बन्धित खेलाडी तथा टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिने मन्त्रालयले जनाएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यञ्जनकार, सल्लाहकार राजु सिंह सहित राखेप सदस्य सचिव रामचरित्र मेहेताले खेलाडीको रोकिएको पुरस्कार रकम यसै वर्ष वितरण गर्ने गरी मन्त्रालयमार्फतसँग सरकारसँग विशेष जोड गरेका थिए ।

Loading ad...
LiNing Ad
#khelkudnepal#prizesports#balensarkar

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

आकाशलाई  ऐतिहासिक सफलता

आकाशलाई ऐतिहासिक सफलता

सहिद स्मृति राष्ट्रिय यू–२० रग्बी असार १५ देखि

सहिद स्मृति राष्ट्रिय यू–२० रग्बी असार १५ देखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"