आकाशलाई ऐतिहासिक सफलता
बिहिबार, १८ असार २०८३खेलपाटी संवाददाता
.jpg-1783310383831.jpeg&w=3840&q=75)
काठमाडौं। आकाश श्रेष्ठले दक्षिण एसियाली बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा ऐतिहासिक सफलता हासिल गरेका छन्।
भुटानको राजधानी थिम्पुमा जुन ३० देखि जुलाई ४ सम्म आयोजित च्याम्पियनसिपमा उनले पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरसम्म विधामा प्रथम स्थान हासिल गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका हुन्।
यो सफलता उनको अर्को महत्वपूर्ण उपलब्धि हो। यसअघि उनी १७औँ धर्मश्रीको उपाधि जित्न सफल भएका थिए भने हालै सम्पन्न दोस्रो मिस्टर महानगर प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका थिए।
















