सहिद स्मृति राष्ट्रिय यू–२० रग्बी असार १५ देखि

काठमाडौं । सहिद स्मृति राष्ट्रिय यू–२० पुरुष तथा महिला रग्बी च्याम्पियनसिप असार १५ र १६ गते ललितपुरस्थित च्यासल रंगशालामा आयोजना हुने भएको छ।
शहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको सहयोग, बागमती प्रदेश रग्बी संघको व्यवस्थापन तथा नेपाल रग्बी संघको समन्वयमा प्रतियोगिता हुने निश्चित भएको हो ।
नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेका अनुसार प्रतियोगितामा देशभरबाट ६ पुरुष र ५ महिला टोली सहभागी हुनेछन्।
प्रतियोगितालाई उमेर समूहको कार्यक्रम मात्र नभएर आगामी नोभेम्बर २०२६ मा भारतमा आयोजना हुने यू–२० एसिया रग्बी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने पुरुष तथा महिला राष्ट्रिय टोली छनोटको रुपमा समेत हेरिएको छ ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री माननीय उर्मिला नेपालले गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी समापन समारोहका प्रमुख अतिथि एसिया रग्बीका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य–सचिव टंकलाल घिसिङ रहने महासचिव घिमिरेले जानकारी दिए।
आयोजकका अनुसार प्रतियोगिताले नेपालमा रग्बी खेलको विकास, युवा खेलाडीहरूको प्रतिभा पहिचान तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सक्षम टोली निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।







.jpg-1783310383831.jpeg&w=3840&q=75)








