बिहिबार, ३२ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

बिहिबार, ३२ असार २०८३खेलपाटी संवाददाता
इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित
Loading ad...
mustang rice ad

काठमाडौं । विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डमाथि प्राप्त जित अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले दिवंगत महान फुटबलर डिएगो म्याराडोनाप्रति समर्पित गरेका छन्।

बुधबार एटलान्टामा भएको सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनाले एक गोलले पछि परेको अवस्था उल्टाउँदै इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको थियो। अर्जेन्टिनाका दुवै गोलमा असिस्ट गरेका ३९ वर्षीय मेस्सीले टोलीलाई लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले। अर्जेन्टिनाले अब उपाधिका लागि आइतबार स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

खेलपछि मेस्सीले आफूलाई म्याराडोनासँग तुलना गर्न कहिल्यै नचाहेको बताउँदै अर्जेन्टिनी फुटबलमा उनको स्थान सबैभन्दा माथि रहेको बताए। सन् २०१० को विश्वकपमा म्याराडोनाको प्रशिक्षणमा खेल्दा बिताएका क्षण सम्झँदै मेस्सीले उनीसँग विपक्षी टोली र खेलका विषयमा भएका छलफल आफ्नो स्मृतिमा सधैँ रहने उल्लेख गरे।

“डिएगो वास्तवमै महान् थिए। मैले आफूलाई उनीसँग कहिल्यै तुलना गर्न चाहिनँ। मेरो विचारमा उनी सबैभन्दा महान् हुन्,” मेस्सीले भने, “आज उनी जहाँ भए पनि खुसी भएर यो सफलता हेरिरहेका हुनेछन्। राष्ट्रिय टोलीप्रतिको उनको प्रेम र उनले छाडेको विरासतका लागि यो जित उपहार हो।”

म्याराडोनाले सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध ‘ह्यान्ड अफ गड’ का रूपमा चर्चित गोल गरेका थिए। सोही खेलमा उनले एकल प्रयासमा गरेको अर्को गोललाई पछि फिफाको सर्वेक्षणले ‘शताब्दीकै उत्कृष्ट गोल’ घोषणा गरेको थियो। अर्जेन्टिनाले उक्त खेल २–१ ले जित्दै त्यस वर्ष दोस्रोपटक विश्वकपको उपाधि उचालेको थियो।

मेस्सीले इंग्ल्यान्डविरुद्धको सेमिफाइनल अर्जेन्टिनी समर्थकका लागि विशेष रहेको बताए। राष्ट्रिय गान बजेदेखि नै खेलको फरक महत्त्व महसुस भएको उल्लेख गर्दै उनले अर्जेन्टिनाका कुनै पनि समर्थकले यो खेल गुमाउन नचाहेको प्रतिक्रिया दिए।

“यो खेल मात्र भए पनि हामीले सुरुदेखि नै विशेष अनुभव गरेका थियौँ। इंग्ल्यान्डलाई सेमिफाइनलमा हराएर लगातार अर्को फाइनलमा पुग्नुको अर्थ ठूलो थियो,” उनले भने, “अर्जेन्टिनाका मानिसहरू कति खुसी छन् भन्ने मलाई थाहा छ। परिवारले देशभर भएका उत्सवका तस्वीरहरू पठाएका छन्। अर्जेन्टिनी जनतालाई यस्तो खुसी दिन पाउँदा म गर्व र आनन्दित छु।”

कतारमा सन् २०२२ मा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि दिलाउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका मेस्सीले जारी विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनी २१ गोलसहित विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् भने १३ असिस्टसहित प्रतियोगिताको इतिहासमा सर्वाधिक गोलको अवसर सिर्जना गर्ने खेलाडीसमेत बनेका छन्।

आइतबारको फाइनलमा मेस्सीले आफ्नो पूर्वक्लब बार्सिलोनासँग जोडिएका थुप्रै परिचित खेलाडीको सामना गर्नेछन्। स्पेनको टोलीमा बार्सिलोनाका आठ खेलाडी समावेश छन्। फ्रान्सलाई २–० ले हराएर फाइनल पुगेको स्पेनलाई मेस्सीले उत्कृष्ट खेलाडी र स्पष्ट फुटबल दर्शन भएको बलियो टोलीको संज्ञा दिएका छन्।

“स्पेन उत्कृष्ट खेलाडीहरू भएको शानदार टोली हो। उनीहरूको आफ्नै फुटबल दर्शन छ र लामो समयदेखि त्यही शैलीमा खेलिरहेका छन्,” मेस्सीले भने, “म ती खेलाडीलाई राम्रोसँग चिन्छु र पछ्याउँछु। यो विश्वकपको फाइनल भएकाले विशेष खेल हुनेछ। प्रतिस्पर्धा निकै बराबरीको हुने अपेक्षा गरेको छु।”

Loading ad...
LiNing Ad
#messi#worldcupfootball#maradonamessi#khelpatinews

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय