मंगलबार, ०५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

सोमबार, ०४ श्रावण २०८३खेलपाटी संवाददाता
गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने
Loading ad...
mustang rice ad

काठमाडौं। गल्फर राहुल विश्वकर्मा र तेन्जिङ छिरिङको एसियाडको तयारी थाइल्याण्डमा हुने भएको छ ।

राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ प्रशिक्षणका लागि आइतबार थाइल्यान्ड प्रस्थान गरेका छन् ।

उनीहरूले एसियाकै प्रतिष्ठित एएसए गल्फ एकेडेमीमा मुख्य प्रशिक्षक क्रिस अस्सावापिमोनपोर्नको प्रशिक्षणमा अभ्यास गर्नेछन्। यो प्रशिक्षण आगामी २०औं एसियाली खेलकुदको तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ।

राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष विशाल श्रेष्ठले दुवै खेलाडीलाई बिदाइ गर्दै प्रशिक्षणको अवसरको भरपूर सदुपयोग गर्न आग्रह गरे। उनले आगामी एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि दिए।

नेपाल गल्फ संघ एनजीएको पहलमा सञ्चालन भएको राहुलको प्रशिक्षण कार्यक्रम राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी एनओसीको आर्थिक सहयोगमा सम्भव भएको हो।

एनजीएका अध्यक्ष टाशी घलेले राखेप र एनओसीप्रति आभार व्यक्त गर्दै ‘मिसन–२०२६’ कार्यक्रमअन्तर्गत विगत तीन वर्षदेखि एसियाली खेलकुदलाई लक्षित गरी तयारी भइरहेको र यस प्रशिक्षणले राहुललाई ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गरे।

राहुल यस वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदका लागि छनोट भएका तीन पुरूष नेपाली गल्फरमध्ये एक हुन्।

उनले विश्वस्तरीय गल्फ एकेडेमीमा प्रशिक्षण पाउनु आफ्ना लागि गौरवको विषय भएको बताउँदै सर्ट गेम सुधारमा विशेष ध्यान दिने बताए । एसियाली खेलकुदमा बलिया प्रतिस्पर्धीबीच कट पार गर्नु आफ्नो पहिलो लक्ष्य रहेको उनको भनाइ छ ।

तेन्जिङ भने नेपाल गल्फ संघको अनुरोधमा प्रशिक्षणमा सहभागी भएका हुन् भने उनको सम्पूर्ण खर्च परिवारले व्यहोरेको छ।

उनले प्रशिक्षणले आफ्नो खेल जीवनको अर्को चरणका लागि महत्वपूर्ण अनुभव दिने विश्वास व्यक्त गर्दै सर्ट गेम र स्कोरिङ क्षमतामा सुधार गर्ने लक्ष्य रहेको बताए। उनका तत्कालीन लक्ष्य नेपालमा प्रतिस्पर्धा जारी राख्दै भविष्यमा डीपी वल्र्ड पीजीटीआईमा खेल्ने रहेको छ।

एनजीएका अनुसार तेन्जिङका पिता तथा पूर्वराष्ट्रिय एमेच्योर गल्फर टासी छिरिङले राहुलको थाइल्यान्ड बसाइ खर्चमा समेत सहयोग गरेका छन्।

साथै, राष्ट्रिय टोलीका अन्य सदस्य सदभाव आचार्य अमेरिका र व्यावसायिक गल्फर सुवाष तामाङ भारतमा प्रशिक्षणरत छन् भने महिला गल्फर तारा कार्की चित्रकार नेपालमै प्रशिक्षण गरिरहेकी छन्।

Loading ad...
LiNing Ad
#gulf#khelpati#asiangames

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 गार्सियाले बेल्जियम छाड्ने

गार्सियाले बेल्जियम छाड्ने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

विश्व फुटबलमा स्पेनको वर्चस्व

विश्व फुटबलमा स्पेनको वर्चस्व

विश्वकपको अवार्डमा स्पेनको दबदबा

विश्वकपको अवार्डमा स्पेनको दबदबा

"आज स्पेन हामीभन्दा राम्रो टोली थियो"

"आज स्पेन हामीभन्दा राम्रो टोली थियो"

एम्बाप्पेलाई गोल्डेन बुट

एम्बाप्पेलाई गोल्डेन बुट

अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वकप च्याम्पियन

अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वकप च्याम्पियन