फाइनलमा सलहेस र फिदिम भिड्दै
शुक्रबार, १९ भाद्र २०८३खेलपाटी संवाददाता

ताप्लेजुङ। चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा साबिक विजेतासमेत रहेको सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब भिड्दैछन्।
खेल दिउँसो २ बजे हुने छ। भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङलाई २–० गोलअन्तरले हराएर सलहेस युव क्लब फाइनलमा पुगेको हो। यस्तै सेमिफाइनलमा झापा ११ फुटबल क्लबलाई १–० गोलअन्तरले हराएर फिदिम स्पोर्टिङ क्लब फाइनलमा पुगेको हो।
भदौ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी भएका थिए। प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पाउने छन्।












