नेपाललाई विशाल लक्ष्य

दक्षिण अस्ट्रेलियाले नेपाल ‘ए’लाई जितका लागि २६० रनको लक्ष्य दिएको छ। पहिला ब्याटिङ थालेको दक्षिण अस्ट्रेलियाले ५० ओभरको खेलमा ९ विकेट गुमाएर २५९ रन बनाएको हो।
दक्षिण अस्ट्रेलियाका डी. हुगेनबोजेमले सर्वाधिक १११ रन बनाए। उनले १२२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। एल. बाङ्सले ४६ बलमा ४२ रन बनाए, जसमा २ चौका र ३ छक्का सामेल थिए।
जे. वाडियाले ४० बलमा २९ रन, टी. ब्राउनले २९ बलमा १३ रन, जेड. केओघले ३३ बलमा १७ रन तथा एच. जेकब्सले ६ बलमा ५ रन बनाए। एच. शिलरले ११ बलमा १३ रन र सीजे थम्पसनले ७ बलमा ८ रन जोडे। एस. जोन्सन ३ रनमा अविजित रहे।
नेपाल ‘ए’का राशिद खानले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए। रिजान धकालले १० ओभरमा ४९ रन दिँदै १ विकेट लिए। नारायण जोशीले ४ ओभरमा १६ रन, पवन सर्राफले ८ ओभरमा २८ रन र शाहाब आलमले ५ ओभरमा १५ रन दिएर समान १–१ विकेट लिए।
यस्तै युवराज खत्रीले ७ ओभरमा ४२ रन, दीपक डुम्रेले १ ओभरमा १० रन तथा लोकेश बमले ५ ओभरमा ३६ रन खर्चिए। लोकेशले १ विकेट लिए।












