नेपालको लज्जास्पद हार
शुक्रबार, १९ भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। दक्षिण अस्ट्रेलियासँगको एकदिवसीय खेलमा नेपाल ‘ए’ १३८ रनले पराजित भएको छ।
२६० रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १२१ रनमै अलआउट भएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो।
नेपालले पहिलो खेलमा अस्ट्रेलियन घरेलु टोली तास्मिनियाविरुद्ध एक विकेटको हार बेहोरेको थियो। नेपाल ‘ए’ले तेस्रो एकदिवसीय खेल आइतबार न्यूजिल्यान्ड ‘ए’ विरुद्ध खेल्ने तालिका छ।
नेपाल ‘ए’का राशिद खानले सर्वाधिक ३७ रन बनाए। उनले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। मयंन यादवले १७ बलमा २० रन तथा दीपकप्रसाद डुम्रेले १८ रन बनाए।
अनिलकुमार साह ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
दक्षिण अस्ट्रेलियाका बलर एस. जोन्सनले ७ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए। सीजे थम्पसनले ४ ओभरमा ३० रन दिँदै २ विकेट लिए।












